देश विदेश

नेकपा विवादबारे छिटो निर्णय गर्न पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा यथाशीघ्र उपयुक्त निर्णय गर्न  पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।  

नेकपा विवाद लिएर उनीहरूले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा यथाशिघ्र विवाद निरुपण गर्न निर्वाचन आयोगलाई आग्रह गरेका हुन्। 

पूर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोखरेल, सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रकाशित: १९ फाल्गुन २०७७ २०:०५ बुधबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/politics/470991-1614781223.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *