देश विदेश

अन्तर्राष्ट्रिय खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पोलार्ड तेस्रो खेलाडी

शेयर गर्नुहोस्

काठमाडौं । वेष्ट ईण्डिजका कप्तान काइरन पोलार्ड अन्तर्राष्ट्रिय खेलमा ६ बलमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । आज भएको श्रीलंका विरुद्धको खेलमा पोलार्डले अकिला धनन्जयको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

यसअघि धनञ्जयले खेलमा ह्याट्रिक लिएका थिए । उनले चौथो ओभरमा ह्याट्रिक गरेका थिए । पोलार्डले ६ छक्कासहित ११ बलमा ३८ रन बनाएर आउट भए ।

पोलार्डभन्दा अगाडि २ खेलाडीले मात्र अन्तर्राष्ट्रिय खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । सन २००७ मा साउथ अफ्रिकाका हर्शल गिब्सले नेदरल्याण्डसँगको एकदिवसीय खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । यस्तै २००७ मै भारतका युवराज सिंहले ईंग्ल्याण्डसँगको टी २० खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । पोलार्ड उक्त कीतिर्मान हासिल गर्ने तेस्रो खेलाडी हुन् । यस्तै टी२० मा भने उनी दोस्रो खेलाडी हुन् ।

उनको कीर्तिमानी ब्याटिङसँगै पहिलो टी२० वेष्ट इण्डिजले ४ विकेटले जितेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/03/231899/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *