कोरोनासाइप्रस न्युज

बिहिबार एकको मृत्यु, ४३१ मा कोरोना, लिमासोलमा धेरै संक्रमण

शेयर गर्नुहोस्

११ मार्च २०२१ / लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज एक को मृत्यु भएको बताउदै ४३१ मा कोरोना संक्रमण भएको पुस्टि गरेको छ।  बुधबार ४२० मा देखिएको कोरोना अझ तिव्र हुदै गएको छ।  पिसिआर र र्र्यापिड टेस्ट  गरि ४३,१७७ टेस्ट गरिएको जानकारी दिएको छ। २९०४ पिसिआर र र्यापिड ४०,२३७ टेस्ट बाट १२८ जनालाई कन्ट्रयाक ट्रेसिंग बाट, २ जना एयरपोर्टबाट, ६४ जनाले व्याक्तिगत रुपमा परिक्षण गराउदा, आठ जना हस्पिटल ल्याब बाट, १६ जना प्राइभेट ल्याब बाट, १ जना व्याक्तिगत डाक्टरको सिफारिसबाट  र २१२ जना भने स्वास्थ्य मन्त्रालयको निशुल्क कोरोना टेस्ट योजना अन्तर्गत फेला परेको हो।

जानकारी अनुसार  ८५०० टेस्ट लिमासोल मा मात्रै गरिएको थियो जसमध्य १४२ जनामा कोरोना संक्रमण भेटिएको हो।  त्यस्तै निकोसियामा अनि १०,९१० टेस्ट गरिएको मध्य ३७ जनामा मात्र कोभिड संक्रमण फेला परेको हो।

आज ८१ वर्षीय वृद्धाको मृत्यु संगै हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने को संख्या २३६ पुगेको छ।

यता, हस्पिटलमा भर्ना हुने को संख्या पनि बढ्दो छ हाल  १८५ जना सक्रिय बिरामी हस्पिटलमा उपचाररत छन् जसमध्य ३६ को अवस्था गम्भीर रहेको छ।

यो पनि पढ्नुहोस् : सरकारको शंका :एक नर्शको मृत्यु पछि  कोरोना खोप कति सुरक्षित ? 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *