देश विदेश

कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन

शेयर गर्नुहोस्

काठमाडौं (जीएनएन) : कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।  अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत थिए । जोशीको जन्म  वि.सं. २०२० साल पुस २४ मा भएको थियो । शालीन तथा भद्र ब्यक्तित्वका धनि जोशी  गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट  वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग झिनो मतले  पराजित भएका थिए ।

पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए । २०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जाेशीका श्रीमती र एक छाेरी छन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *