साइप्रस न्युज

नेपाली कांग्रेस नेता स्वर्गीय जोशीको १३औ पुन्यतिथिको अवसरमा साईप्रसमा शोकसभा सम्पन्न

शेयर गर्नुहोस्

साईप्रस , युरोप , नेपाली काग्रेसका स्वर्गीय नविन्द्रराज जोशी १३ औ पुन्यतिथिको अवसरमा युरोपियन देश साईप्रसमा भर्चुवल माध्यमद्धारा शोक सभा आयोजना गरि मनाइएको छ । नेपाली जनसम्पर्क समिति साईप्रसको आयोजनामा भएको भर्चुवल कार्यक्रममा स्वर्गीय नेता जोशीले नेपालमा राजनितिक एवमं ब्यक्तीगत रुपमा देश , समाजलाई अगाडी बढाउन खेल्नुभएको भुमिका अत्यन्त सरहनिय भएको बक्ताहरुले बताएका थिए ।

उहाले नेपाली राजनितिमा महात्वपुर्ण योगदान गरेको , साथै सतमार्ग र पद चापलाई महत्वका साथ अगाडी बढाउदै सारा नेपालीहरुलाई एकताबद्ध हुनुपर्ने समेत अधिकासंले बताए । जसस साईप्रसकी सभापति सिता आर्यलको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्की , गुल्मि सेवा समाज साईप्रसका उपाध्यक्ष सुनिल भण्डारी , प्रवासी नेपाली मन्च साईप्रसका संयोजक लोकराज रोका मगर , साईप्रस नेपाली एकता मन्चकी प्रतिनिधि सरितासेन ठकुरी , पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम तथा जनसम्पर्क समिति साईप्रसका क्षेत्रिय सभापतिहरु एवमं प्रतिनिधिहरुले शोक सभा कार्यक्रममा बोल्नुभएको थियो भने केहीले सहभागिता जनाउनु भएको थियो ।

अनलाईन कार्यक्रममा जसस साईप्रसकी उपसभापति पुष्पा मिश्रले आफनो घरमै स्वर्गीय नेता जोशीको फोटो राखेर भिडियो मार्फत श्रन्द्धान्जली दिनुभएको थियो । कार्यक्रमको संचालन भने नेपाली जनसम्पर्क समितिका महामन्त्रि कुमार सिहंले गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *