देश विदेश

नेपाल बाहिर ६६ हजार नेपालीलाई कोरोना संक्रमण, ३ सय ४९ को मृत्यु | देश परदेश

शेयर गर्नुहोस्

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट हालसम्म विदेशमा ६६ हजार १९ जना नेपाली संक्रमित भएको गैर आवासिय नेपाली संघ (एनआरएनए) को तथ्याँकले देखाएको छ । यसरी संक्रमित भएका मध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएको सो संस्थाले जनाएको छ । यसरी संक्रमणमुक्त हुनेहरु कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।

यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए । गत शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा भनें मंगलवार विहानसम्ममा २ लाख ८० हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ लाख ७४ हजार १ सय ६५ जना संक्रमणमुक्त भएका छन् । कोभिडका कारण नेपालमा ३ हजार ५३ जनाको मृत्यु भएको छ । पछिल्ला केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्दि हुँदै गएको अवस्थामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्दि भएका कारण नेपालमा पनि जोखिम धेरै बढेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11948/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *