देश विदेश

नेपालीको मुख्य श्रम गन्तव्यमा कोभिड-१९ संक्रमणको अवस्था: कुनै देशमा बढ्दै, कुनैमा स्थिर | देश परदेश

शेयर गर्नुहोस्

विश्वव्यापी रुपमा संकट सिर्जना गरिरहेको कोभिड-१९ को समस्या नेपाली श्रमिकका मुख्य गन्तव्य मुलुकहरु मध्ये कतिपय मुलुकमा बढ्दो क्रममा देखिएको छ भनें कतिपय मुलुकमा स्थिर जस्तै देखिएको छ ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मध्ये एक, मलेसियामा विहिवार २ हजार १ सय ४८ नयाँ संक्रमित भेटिएका छन्, १० जनाको मृत्यु भएको छ । बुधवार १ हजार ८ सय ८९ जना संक्रमित तथा ८ जनाको मृत्यु भएको थियो । मलेसियामा पछिल्लो चार दिनको तथ्याँकका आधारमा विहिवारको संख्या सवैभन्दा धेरै हो । यस अगाडी मंगलवार १ हजार ७ सय ६७ जना संक्रमित भएका थिए भनें १२ जनाको मृत्यु भएको थियो । यसैगरी सोमवार १ हजार ३ सय १७ जना संक्रमित भएका थिए ।

मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म मलेसियामा ३ लाख ६७ हजार ९ सय ७७ व्यक्तिलाई कोभिड १९ को संक्रमण भएको छ जसमध्ये १ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ लाख ४९ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।

यसैगरी नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक साउदी अरेवियामा पनि पछिल्ला केहि दिनयता कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ । साउदी अरेवियाका सञ्चारमाध्यमहरुले कोभिडका संक्रमितको संख्यामा स्पष्ट वृद्दि देखिएको जनाएका छन् । साउदी अरेवियाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार ७ सय ९९ जना, सोमवार ८ सय ४२ जना, मंगलवार ९ सय ५१ जना तथा बुधवार ९ सय २९ व्यक्तिमा कोभिड-१९ को संक्रमण देखिएको छ । कोभिडका कारण बुधवार ८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड-१९ का कारण साउदी अरेवियामा ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ८१ पुगेको छ । साउदी अरेवियामा हालसम्म ४ लाख १ हजार १ सय ५७ व्यक्तिमा कोभिडको संक्रमण देखिएको छ जसमध्ये ३ लाख ८५ हजार ४ सय ४१ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

यसैगरी नेपालीको अर्को गन्तव्य मुलुक संयुक्त अरव ईमिरेट्स (युएई) मा कोभिड-१९ को संक्रमण भएका व्यक्तिको संख्या स्थिर जस्तै देखिएको छ । सो मुलुकमा विहिवार १ हजार ९ सय २८ व्यक्तिमा कोभिडको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिवार कोभिडका कारण ४ जनाको ज्यान गएको छ । युएईमा हालसम्म ४ लाख ९१ हजार ४ सय २३ व्यक्ति संक्रमित भएका छन् जसमध्ये ४ लाख ७५ हजार १२ जना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ४५ छ । गत जनवरी तथा फेब्रुअरीमा दैनिक ४ हजारको हाराहारीमा संक्रमित देखिइरहेको युएईमा हाल देखिएको संख्या आधा कम हो ।

नेपालीको अर्को मुख्य गन्तव्य मुलुक कतारमा पनि कोभिड संक्रमितको संख्यामा सामान्य वृद्दि देखिएको छ । कतारमा विहिवार ९ सय ८९ जनामा कोभिडको संक्रमण देखिएको छ । बुधवार ९ सय ८४ जना, मंगलवार ९ सय ८१ जना तथा सोमवार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको थियो । विहिवार कतारमा ९ जनाले ज्यान गुमाए भनें बुधवार ८ जनाको ज्यान गएको थियो । हालसम्म कतारमा १ लाख ९३ हजार ९ सय ५२ व्यक्तिमा कोभिडको संक्रमण देखिएको छ । त्यसमध्ये ३ सय ५७ जनाको ज्यान गएको छ भनें १ लाख ७१ ह्जार ९ सय ८५ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

नेपालमा पनि पछिल्ला केहि दिनयता कोभिड-१९ को संक्रमण बढ्दो क्रममा छ । विहिवार नेपालमा ४ सय ९० व्यक्तिमा संक्रमण पुष्टि भएको थियो भनें बुधवार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी मंगलवार ४ सय ६०, सोमवार ३ सय ३ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा २ लाख ८२ हजार ५४ व्यक्तिमा कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ भनें त्यसमध्ये ३ हजार ६६ जनाको ज्यान गएको छ । हालसम्म संक्रमित मध्ये २ लाख ७४ हजार ६ सय ४ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड -९ को संक्रमणका कारण हालसम्म १३ करोड ९६ लाख ८६ हजार ९ सय ३३ व्यक्तिमा सो भाइरसको संक्रमण भएको छ । त्यसमध्ये २९ लाख ९९ हजार ५ सय ५३ व्यक्तिले ज्यान गुमाएका छन् भनें ११ करोड ८७ लाख ३१ ह्जार १ सय ९९ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

३ बैशाख २०७८, शुक्रबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11953/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *