साइप्रस न्युज

राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस साईप्रसमा मनाईयो

शेयर गर्नुहोस्

साईप्रस , निकोसिया , राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस प्रवास कमिटि साईप्रसले गत अप्रिल ११ तारिखका दिन मनाएको छ । राष्ट्रिय जनमुक्ति मन्च साइप्रसकी अध्यक्ष तारा राईको अध्यक्षता एवमं गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृपा थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जनमुक्ति पार्टीले गैरआवासीय नेपाली सघं , सुरक्षित घर तथा यहा रहेका समास्याको समाधानका बारेमा आफु लगाएत सारा नेपालीहरु मिलेर अगाडी बढने प्रतिबद्धता जनाएको थियो । महासचिव खममाया पुनको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल , युवा संयोजक कुन्दन कार्की , पत्रकार एवमं एनआरएनए प्रवक्ता दिनेश गौतम ,उपाध्यक्ष नवीन राई, कोषअध्यक्ष सबिता राई, सचिव अम्बिका राई , शिला कुव,र रमला ,राई अर्पण कुवर, प्रदिप मगर , निलम राई लगाएतको उपस्थिति रहेको थियो ।

मन्चले सेफ हाउसलाई संचालनका लागि ५१ युरो नगद सहयोग गर्दै होनरी कन्सुलेट अफ साईप्रस लगाएत एनआरएनएलाई धन्यबाद दिएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *