देश विदेश

नेपाल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

शेयर गर्नुहोस्

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले वैशाख २६ गतेबाट उक्त ऋणपत्र खुला गरिने जनाएको छ।

वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो।

प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याएको छ भने २१ लाख कित्ता सेयर व्यक्तिगत रुपमा बिक्री गरिने भएको छ।

इच्छुक लगानीकर्ताले वैशाख २२ गतेदेखि ५ जेठसम्म आवेदन दिनुपर्ने छ। कम्तीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244972/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *