साइप्रस न्युज

साइप्रस आज देखि २ हप्ताको लकडाउनमा, भरिदै छ अस्पताल

शेयर गर्नुहोस्

समिम मियाँ

२६ अप्रिल २०२१ / लिमासोल

सोमबारबाट साइप्रसमा  देशव्यापी लकडाउन लागेको छ।  कोरोना संक्रमणको फैलावट रोक्न सरकारले २ हप्ताको लकडाउन लगाउने निर्णय गरेको हो।  रातको कर्फ्युलाई ११ बजे बाट कम गराई ९ बजे बाट लागु गरिएको छ।  साइप्रस नागरिक ‘नाइट लाइफ’ मन पराउने गर्छन तर महामारी सुरु भए यता भने नाइट लाइफ लगभग बन्द नै थियो।  कोरोना संक्रमण कम भए यता गत महिना मातै सरकारले नाइट लाइफ लाइ केहि लचकता दिएको थियो।

स्वास्थ्य प्रोटोकोल को ख्याल राख्दै रेस्टुरेन्ट ले राति ११ बजे सम्म आउटडोर डाइन इन सेवा संचालन गर्न अनुमति पाएका थिए। बन्द रहेका मल, डिपार्टमेन्ट स्टोर, खुद्रा साना व्यापार सिनेमा, रेस्टुरेन्ट, बार खुलेका थिए तर  यसको महिना दिन नपुग्दै संक्रमणमा एक्कासि तीव्रता आए पछि अस्पताल भर्ना हुने को संख्यामा पनि तेजी आएको हो। महामारी सुरु भएको गत वर्ष मार्च २०२० देखि हाल सम्म साठी हजार भन्दा बढी कोरोना बाट संक्रमित भैसकेका छन् भने ३०० को मृत्यु भै सकेको छ।

नोबेल कोरोना भाइरस को नयाँ प्रकार ब्रिटिस भेरियन्ट पहिलेको भाइरस भन्दा ५० प्रतिशत बढी खतरनाक रहेको बताइएको छ। नयाँ प्रकार को भाइरस निकै चाडो सर्ने भएकाले कोरोना संक्रमण को संख्या पनि बढ्दै गएको बताइएको छ।  हाल संक्रमित हुने मा प्राय: युवाहरु  रहेको तथ्यांक ले देखाएको छ।

यो पनि पढ्नुहोस : लकडाउन मा के के खुल्ने छन् के के बन्द हुनेछन पुरा जानकारी 

साइप्रस मा कोरोना भाइरस को पहिलो बिरामी डिसेम्बर २०१९ मै देखिएको थियो तर यसबारे खासै चासो दिएइएको थिएन तर समुदायमा यसको प्रभाव बिस्तारै बढ्दै गए पछि सरकारले गत वर्ष मार्च मा देशव्यापी लकडाउन लगाएको थियो।

आज बाट लागु भएको लकडाउन देश व्यापी रुपमा लगाइएको तेस्रो लकडाउन हो।  यस  पटक रातको कर्फ्यु ९ बजे देखि भोलि पल्ट बिहान ५ सम्म  रहेनेछ भने घर बाहिर काम विशेष ले निक्स्किन को लागि दिनमा  एक पटक मात्र अनुमति दिएको छ।  अनुमति लिनको लागि ८९९८ मा एसएमएस गर्नु पर्ने व्यवस्था गरिएको छ।

दैनिक उपभोग्य सेवा प्रदायक र रासन सम्बधित पसल बाहेक अन्य सबै व्यवसाय बन्द भएका छन्।

यो पनि पढ्नुस : अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।