इम्प्लोयरबाट रिलिज पेपर कसरी लिने ?
Last update : 09/04/2024
(हाउसमेड सिरिज १ आर्टिकल १ )
अधिकांस साइप्रसका इम्प्लोयरहरुले रिलिज पेपर माग्दा दिनै खोज्दैनन् वा सहजै दिदैनन्। यस्तो गर्नुको कारण के हो त ?
कारण एकदम सिम्पल छ, हरेक वर्ष दिनु पर्ने वार्षिक छुट्टी को पैसा यानी चलन को भाषा मा वार्षिक बोनस। या अर्को कारण हो समयमा तलब नदिइ अल्झाएर राखेको बाँकी तलब। रिलिज माग्दा दिनु पर्ने सबै बोनस र तलब पुरै भुक्तानी गर्नु पर्ने नियम छ।
यदि तपाइँ जुनसुकै कारण ले पनि आफ्नो इम्प्लोयर को घर मा काम गर्न चाहनु हुन्न भनि साइप्रसको श्रम कानुनले तपाइँ लाइ ३ ओटा सम्म इम्प्लोयर फेर्न अधिकार दिएको छ चाहे जुन सुकै कारण किन नहोस्। यो तपाइँ को अधिकार हो कि तपाइँ ले रिलिज पाउने र नयाँ इम्प्लोयर खोजेर काम गर्ने।
तर अधिकांस अवस्थामा इम्प्लोयरले गर्ने भनेको डर त्रास देखाएर सके सम्म रिलिज दिन नखोज्ने। इम्प्लोयरहरु नै कहिले म्यानपावर एजेन्सी संग मिलेर कामदार नै उल्टै धम्काउने गर्छन। सिधै नेपाल पठाईदिन्छु, पुलिस लाइ बोलाएर जेल पठाई दिन्छु, घर बाट भाग्यो वा निक्स्यो भने इल्लिगल हुन्छ वा साइप्रस कहिले नि आउन नपाउने गरि ब्याण्ड गराइदिञ्छु वा black लिस्ट गर्दिन्छु भन्ने फुस्रे धम्कि दिने गर्छन्।
तर तपाइँले बुझ्न जरुरि छ कि यी धम्कि र डर भनेको पाद जस्तो मात्र हो। आफ्नो कामदार लाई धम्काउनु कानुनी अपराध हो। जुन इम्प्लोयर ले यसरि धम्काउछ उसलाई पनि जेल जानु पर्छ।
यदि तपाइँ त्यहा काम गर्न इच्छुक हुनु हुन्न भने कसैले तपाइँ लाइ जबरजस्ती गर्न मिल्दैन। किनकि तपाई र इम्प्लोयर बीच भएको करार सम्झौतामा यिनै कुरा मा मन्जुरी भएर हस्ताक्षर गरिएको हुन्छ। तपाई र इम्प्लोयर दुबै जना यहि करार सम्झौता को कानुनी परिधिमा बाधिएको हुनाले रिलिज पेपर पाउनु तपाइँ को हक हो भने इम्प्लोयरले रिलिज दिनु पर्ने उसको बाध्यता हो।
शिक्षित इम्पप्लोयरहरुलाई थाहा हुन्छ कि कानुन ले कसरी काम गर्छ त्यसैले उनीहरु धम्कि, डर त्रास देखाउनमा समय बर्बाद गर्दैनन्। उनीहरुलाई तपाइको हक र अधिकार बारे पुरा जानकारी हुन्छ तर अधिकांस अशिक्षित इम्प्लोयरहरु दबाउने खाले हुन्छन , उनीहरु नै सर्बोपरि, जान्ने र तपाई भन्दा राम्रो जानकार छन् भनेर देखाउन खोज्छन् , आफुलाई माथि र तपाइँलाई सधै तल पार्न खोज्छन्।
जे होस् , जहाँ समस्या त्यहाँ समाधान हुन्छ। यदि रिलिज सजिलै संग दिए त केहि समस्या भएन तर रिलिज दिएन भने तपाईले गर्नुभएको करार सम्झौता लाई क्यान्सिल गर्न सकिन्छ। करार सम्झौता क्यान्सिल गरेको भनी लिगल रुपमा नै तपाइँ ले रिलिज पाउन ३० दिने नोटिस पिरियड दिनु पर्ने हुन्छ त्यसपछि इम्प्लोयर ले रिलिज दिन बाध्य हुन्छ। यदि यसरि पनि रिलिज नदिएको खण्ड मा श्रम मन्त्रालय र इमिग्रेसन ले रिलिज दिलाउछ।
नोटिस पिरियड लेटर भनेको यस्तो कागजात हो जसले तपाइको इम्प्लोयर संग को सम्झौता रद्द गराउछ। जब तपाइले ३० दिने नोटिस दिनु हुन्छ इम्प्लोयर ले पनि यो समय भित्र अर्को कामदार खोज्न समय पाउछ भने यो नोटिस दिए पछि इम्प्लोयर ले रिलिज दिन्न भन्न पाउदै पाउदैन। ..
Pingback: लकडाउनमा बन्द भएकालाई श्रम मन्त्रालयको राहत योजना घोसणा | साइप्रस-नेपाल डटकम
Pingback: साइप्रस अपडेट : २ को मृत्य, ७६० मा संक्रमण, २२ महिने शिशु पनि संक्रमित | CYPRUS-NEPAL.COM ONLINE NEPALESE MAGAZINE |
Pingback: साईप्रसका नेपालीको समस्या समाधान उच्च स्तरीय माध्यमबाट गरिने: राजदुत डा. शाक्य | CYPRUS-NEPAL.COM ONLINE NEPALESE MAGAZINE
Pingback: साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ? | Cyprus-Nepal.com
Pingback: साइप्रसमा Cook र Sailor को माग, तलब १ लाख दस हजार (800 Euro) | Cyprus-Nepal.com
Pingback: साइप्रस आउने नेपाली यसरी ठगिन्छन्, तुहिन्छ सपना..... | Cyprus-Nepal.com
Pingback: युरोपियन देश साइप्रसमा हाउसमेड र कृषि कामदारको ६० जनाको डिमाण्ड, तलब ४३-६२ हजार सम्म - Cyprus-Nepal.com