साइप्रस न्युज

बन्द भएका  बिजनेशका लागि १२० मिलियन युरो को आर्थिक राहत योजना

शेयर गर्नुहोस्

२८ अप्रिल २०२१ /लिमासोल

सरकारले लकडाउनका कारण बन्द भएका  बिजनेश र श्रमिकका लागि आर्थिक राहत प्याकेजको घोसणा गरेको छ। वुधबार  सरकारले १२० मिलियन युरोको आर्थिक राहत प्याकेजको घोसणा गरेको हो। कोरोना भाइरसको फैलावट रोक्न सरकारले सोमबार देखि देशव्यापी लकडाउन लगाए पछि साना ब्यापारी, बिजनेश र श्रमिकक कामकाज  जबर्जस्ति बन्द भएका थिए।

यस अघिको आर्थिक राहत योजना अन्तर्गत मार्च १ देखि १५ सम्म बन्द भएका बिजनेश र स्वरोजगारले भरेका निवेदन  स्वीकृत भएकाहरुको  बिहिबार देखि खाता मा रकम जम्मा हुन सुरु हुने श्रम मन्त्रालयले जनाएको छ।

सो योजना अन्तर्गत  आतिथ्य क्षेत्र, डान्स स्कुल, जिम, कन्फरेन्स तथा एक्जिबिसन आयोजकहरु, कलाकार, मनोरंजन एवंम थिम पार्कहरु, खेलकुद क्षेत्र, सिनेमा तथा थियटर, फोटोग्राफर र ट्याक्सी ड्राइभर पेशा योग्य भएका बिजनेशहरु हुन्।

कर्मचारी बिनाका स्वरोजगार व्याक्तिले ७०० युरो, एक कर्मचारी भएका बिजनेशले १२०० युरो ,दुइ कर्मचारी भएका बिजनेशले २००० युरो, ३ देखि ५ कर्मचारी भएका बिजनेशले ३५०० युरो, ६ देखि ९ कर्मचारी भएका बिजनेशले ५००० युरो, १० देखि २० कर्मचारी भएका बिजनेशले ७५०० युरो, २१  देखि ५०  कर्मचारी भएका बिजनेशले १०००० युरो र ५० भन्दा माथि स्टाफ भएका बिजनेश ले १५ ००० युरो को आर्थिक राहत पाकेज अघिल्लो राहत योजना अन्तर्गत पाउनेछन।

सरकारको  ८ ओटा राहत योजना हाल संचालनमा छन्।

  • होटेल युनिट र टुरिस्ट बासस्थानको लागि
  • टुरिस्ट वा टुरिस्ट सम्बन्धि क्षेत्रको आर्थिक सम्बधितको लागि स्पेसल योजना
  • पूर्ण रुपमा बन्द भएका कम्पनीको लागि स्पेसल योजना
  • केहि मात्रामा बन्द भएका कम्पनीको लागि स्पेसल योजना
  • स्पेसल बेरोजगार सपोर्ट योजना
  • निश्चित क्याटेगोरिका स्वरोजगार व्याक्तिका लागि  स्पेसल योजना
  • स्वास्थ्य अवस्थाका कारण काम बाट विशेष बिदा लिएका
  • बच्चा रेखदेख को लागि काम बाट विशेष बिदा लिएका

सोमबार देखिको २  हप्ते ताजा लकडाउनले असर पारेकालाई पनि थप राहत प्रदान गरि अन्तर्गत संचालन खर्च कटौति गर्न सरकरले मदद गर्ने भएको छ।  अप्रिल को योजना अन्तर माथिका उही बिजनेश साथै केहि बिजनेश पनि  थप गरिएका छन् खुद्रा कम्पनिहरु, हेयर ड्रेसर, बारबर शप, ब्युटिसियन, ट्याटु सप, प्राइभेट ट्युसन सेन्टर र बेटिङ्ग सप पनि थप गरिएका बिजनेश हुन्।  केहि निश्चित बिजनेशहरुका लागि भने रकम बढाइएको बताइएको छ।

अप्रिलको योजना अन्तर्गत एक पटक मात्र रकम भुक्तानी हुनेछ भने अन्य सरकारी योजना भने चालु रहनेछन्।  अप्रिल को आर्थिक यॉजन अन्तर्गत कर्मचारी बिनाको स्वरोजगारले ९०० युरो प्राप्त गर्नेछन भने एक स्टाफ भएका बिजनेशले १७०० युरो प्राप्त गर्नेछ्न।  २ स्टाफ भएका बिजनेशले २५०० युरो, ३ देखि ५ स्टाफ भएका बिजनेशले ४००० युरो, ६ देखि ९ स्टाफ भएका बिजनेशले ६००० युरो, १० देखि २० स्टाफ भएका बिजनेशले ८५०० युरो रकम प्राप्त गर्ने छन्।

यो सहायता रकम प्राप्त गर्न १० अप्रिल को मध्य रात सम्ममा अनलाइन एप्लिकेशन भरि सक्नु पर्ने बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *