साइप्रस न्युज

एनआरएनए साईप्रसद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

युरोप , साईप्रस , युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुसगं गैरआवासीय नेपाली सघं साईप्रसले १३२ औ श्रमिक दिवसको अवसरमा शुभकामना अदानप्रदान गरि मनाएको छ । साईप्रसमा रहेका विभिन्न समाजिक , राजनितिक , जातिय, श्रमिक एवमं विद्यार्थीहरु विच श्रमिक दिवस मनाएको हो ।

एनआरएनए साईप्रसका सल्लाहकार सुरेश शाहको प्रमुख अतिथ्यता एवमं एनआरएनए साईप्रसका महासचिव कृपा थापाको संचालनमा भएको भर्चुवल माध्यमद्धारा भएको शुभकामना अदानप्रदान कार्यक्रममा एनआरएनए सबै नेपालीहरुको साझा सस्था भएको , सारा नेपालीहरुको एनआरएनए अभिभावक भएको र पछिल्लो समयमा नेपालीहरुको समस्या समाधानका लागि तदारुकताका साथ लागि परेको भन्दै सहभागिहरु प्रसांशा गरेका थिए ।

एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतिथि सुरेश शाहले साईप्रसमा रहेको समस्याहरुको समाधानका लागि सबै नेपालीहरु मिलेर समाधान गर्न सकिने बताउनु भयो ।

सघंका उपाध्यक्ष किष्मत पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जागौ नेपाल साईप्रसकी अध्यक्ष शुसिला उप्रेति , किरात याकथुगं चुम्लुगंका सहसचिव डिबि सावा , समाजसेबी धतानन्द पाण्डे , प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष लोकराज मगर , नेपाली जनसम्पर्क समितिका महामन्त्रि कुमार सिहं , युवा समाजसेबी प्रकास बराईली , ह्यल्मो युनिटि साईप्रसकी अध्यक्ष मिना ह्यल्मो, गुल्मी सेवा समाज साईप्रसका अध्यक्ष श्याम लाल नेपाली , रुपन्देही समाज साईप्रसकी संयोजक जानु अधिकारी कार्की , महासचिव खुम रेश्मी मगर , तमु समाज साईप्रसकी लक्ष्मी तमु , एनआरएनए साईप्रसका युवा संयोजक कुन्दन कार्की , चितवन समाजका विमल पुरी , प्रवासी नेपाली मन्च माधव पक्षका अध्यक्ष चिन्ता बुढा मगर , कर्चुगं ह्यल्मो , एनआरएनएका बरिष्ठ उपाध्यक्ष अन्तेश राउत , कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा एनआएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल लगाएतले शुभकामना दिनुभएको थियो ।

अन्तरराष्टिय श्रमिकदिवसको अवसरमा भर्चुवल माध्यमद्धारा आयोजित कार्यक्रमको प्रविधिक रुपमा एनआरएनए साईप्रसका प्रवक्ता दिनेश गौतम एवमं सदस्य दिपक पाल ठकुरीले सहयोग गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *