देश विदेश

बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपति भण्डारीद्वारा आव्हान

शेयर गर्नुहोस्

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी हुन्।

यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने प्रावधान छ। राष्ट्रपतिले दलहरुलाई सरकार बनाउनका लागि आव्हान गरेसँगै विपक्षी गठबन्धनले बहुमत पुर्याएर सरकार बनाउने बाटो खुलेको छ। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि उनी स्वतः पदमुक्त भएका थिए।

विपक्षी दलहरु काँग्रेस, माओवादी र जसपाको एक समूहले सँयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार बनाउने प्रक्रिया शुरु गर्न राष्ट्रपति समक्ष आग्रह गरेका थिए। राष्ट्रपति भण्डारीले पनि सोहीअनुसार सरकार बनाउन आव्हान गरेपछि अब विपक्षीले सरकार बनाउन कसरत गर्ने भएका छन्। मंगलबारदेखि राजनीतिक दौडधुप बढ्ने देखिएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249988/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *