कोरोनासाइप्रस न्युजस्वास्थ्य

कोरोना अपडेट : आज एकको मृत्यु, २१३ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
१३ मे २०२१/ लिमासोल

देशव्यापी लकडाउन खुले संगै सरकरले भ्याक्सिन र कोरोना परिक्षण लाई तिव्र बनाए पछि कोरोना संक्रमणको पछिल्लो अवस्थामा सुधार हुदै गएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज २१३ जनामा मात्र कोरोना पुष्टी भएको छ भने कोभिड १९ का कारण एक को मृत्यु भएको छ।

देश भरि पिसिआर र र्यापिड गरि ७४,९२६ को  कोरोना परिक्षण गरिएको थियो ,हाल पोजेटिभिटि रेट ०.२८ प्रतिशत रहेको छ।  यी २१३ मध्य ४३ जना कन्ट्याक्ट ट्रेसिङ्ग, ५१ जना व्याक्तिगत परिक्षण, १२ जना सरकारी तथा माइक्रोबायोलिजि ल्याबबाट, ९७ जना नि: शुल्क परिक्षण कार्यक्रम अन्तर्गत र प्राइभेट ल्याब तथा फार्मेसी ले परिक्षण गरेको ११३८ र्यापिड एण्टिजेन  मध्य १० जनामा कोरोना संक्रमण देखिएको हो।

गत वर्ष देखि सुरु भएको कोरोना महामारी बाट हाल सम्म ७०,७५१ जना कोरोना भाइरस वाट  संक्रमित भै सकेका छन् भने ३४२ ले ज्यान गुमाएका छन्।

[sc name=”ad12″ ]

स्वास्थ्य मन्त्रालयका अनुसार साइप्रस भरिका अस्पतालमा १६७ जना भर्नारत छन् जसमद्य ५४ जनाको अवस्था गम्भीर रहेको छ।

लकडाउन खुले पनि स्वास्थ्य प्रोटोकोललाई पालना गर्न अनुरोध गरि रहेको छ।  मास्क लगाइरहन, अनावश्यक घर बाहिर नजान , भौतिक दुरी कायम गर्न र सेनेटाइजर बारम्बार प्रयोग गर्न अनुरोध गरेको छ।  मे १० बाट लकडाउन खुले पछि विभिन्न स्थानमा जान सेफ पास आवश्यक पर्ने बारे सरकरले नियम बनाएको छ।  रेस्टुरेन्ट, क्याफे,  बार, विबाह, क्यासिनो धार्मिक स्थल र धार्मिक काममा जान पनि सेफ पास आवश्यक पर्ने छ।

सेफ पास के हो ? सेफ पास बिना कहाँ जान पाइन्छ कहाँ जान पाइदैन  यो बारे जान्न यहाँ क्लिक गर्नुहोस्।  

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *