साइप्रस न्युजस्वास्थ्य

कोरोना संक्रमण घट्दै, आइतबार १६५ मात्र कोरोना संक्रमण

शेयर गर्नुहोस्

समिम मियाँ

१६ मे २०२१/ लिमासोल

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १६५ जनामा कोरोना संक्रमण पुष्टी भएको  जानकारी दिएको छ। आइतबार गरिएको पिसिआर र र्यापिड गरि ६३,७९८ टेस्ट गरिएको मध्य १६५ मा कोभिड-१९  पाइएको हो।  शनिवार र आइतबार भने कोरोना का कारण कसैको मृत्यु भएको छैन।  कोरोना संक्रमण कम  हुदै गए पछि यसको पोजेटिभिटि रेट पनि ०.२६ प्रतिशत भएको छ।

आज पोजेटिभ भेटिएका मध्य  कन्ट्याक्ट ट्रेसिङ्ग बाट फेला परेका हुन् भने ७ जनाले व्याक्तिगत रुपमा गराएको पिसिआर टेस्ट बाट संक्रमित देखिएका हुन्।  सरकारी हस्पिटलका ल्याबले गरेका टेस्ट बाट पनि १९ जनामा कोभिड भेटिएको थियो भने २ जनाले प्राइभेट ल्याबमा गराएको र्यापिड टेस्ट मा पोजेटिभ देखिएको थियो। सरकारले निशुल्क गरेको टेस्टबाट भने ११४ जना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  गत वर्ष देखि  हाल सम्म ७१,०६४ जना साइप्रस भरि संक्रमित भै सकेका छन्।

यता, कोभिड १९ का बिरामी मा पनि कमि आएको छ ,आज को ताजा आकडा अनुसार १५७ जना देश भरिका हस्पिटल मा उपचार गराइरहेका छन् जसमध्य ५० को अवस्था गम्भीर रहेको बताइएको छ।

 यो पनि पढ्नुहोस : साइप्रस बाटै नेपाल मा बैंक खाता खोल्न सकिन्छ , आफैले यसरि गर्न सकिन्छ

सोमबार यी स्थान निशुल्क कोरोना टेस्ट, सेफ पास पुर्ण जानकारी

सोमबार, १७ मे तारिख  देखि कुनै पनि बाहिरि गतिविधि गर्नका लागि सेफ पास आवश्यक नपर्ने स्वास्थ्य मंत्रीले जानकारी दिए। महामारिको सुधारउन्मुख अवस्था र कोभिड १९ विरुद्दको भ्याक्सिनेसन कार्यमा वृद्धि भएकोले  यो हप्ता मात्रै लागु भएको सेफ पास नियममा लचकता दिइएको हो।

साथै, रातमा लाग्दै आएको कर्फ्यु को समय पनि घटाइको छ।  हाल राति ११ बजे देखि लाग्दै आएको कर्फ्यु सोमबार देखि भने मध्यराति १२ बजे बाट लाग्नेछ।

इन्डोर गतिविधिका लागि भने  सेफ पास अनिवार्य गरिएको छ  जुन १२ वर्ष उमेर भन्दा माथिका व्याक्तिका लागि जरुरी छ।  क्याफे, रेस्टुरेन्ट, बार बाहिर बसेर सेवा लिनेको लागि साथै आउटडोर सिनेमा/ एम्पिथियटर मा सेफ पास देखाउन नपर्ने बताइएको छ।

यदपि सरकारको यो  कदमले  ग्राहकहरु आफ्नो  व्यवसाय तिर विकर्षण हुने चिन्ता व्यक्त गर्दै  होटेल रेस्टुरेन्ट संचालकले  भने निराशा व्यक्त गरेका छन्।

रेस्टुरेन्ट, क्याफे ,टुरिस्ट क्याम्प, पार्टी प्यालेस, होटेलमा  डिनर वा लन्च मा स्वास्थ्य प्रोतोकोलको पालना गर्दै  बढीमा २०० जना सम्म जम्मा हुन् सक्ने अनुमति दिइएको छ।

त्यस्तै, वैवाहिक समारोह, पास्नी र मलामी जाँदा पनि बढीमा २०० जना सम्म भेला हुन सक्ने साथै  धार्मिक स्थलहरुमा पनि ३० % भक्तजनका साथमा धार्मिक समारोह, प्रार्थना, पुजाआजा गर्न सकिने व्यवस्था गरिएको छ। इन्डोर आयोजना हुने जुन सुकै कार्यक्रम, समारोह भने सेफ पास अनिवार्य गरिएको छ।

आगामी जुन महिनाको १० तारिख बाट भने नाइट क्लब पनि संचालन हुने घोसना गरिएको छ।  सिप्रियट नागरिक “नाइट लाइफ” लाई “लाइफलाइन ” जस्तै लिने गर्दछन।

आगामी जुन महिनाको अन्तिम सम्म साइप्रस को कुल जनसंख्याको ६० % नागरिकलाई कोभिड १९ विरुद्दको खोप लगाइ सक्ने लक्ष्य पुरा गर्ने सरकारी तयारी छ।

कहाँ जान सेफ पास अनिवार्य गरियो त ?

इन्डोर थियटर, सिनेमा, कार्यक्रम हल र  पार्टी प्यालेसमा जान, धार्मिक स्थल भित्र, सपिङ्ग मल भित्र जान, ५०० स्वायर मिटर भन्दा ठुला  खुद्रा व्यापार हुने पसल मा जान , वैवाहिक समारोह, मलामी, टाउन हल लगायतका इन्डोर जिम, डान्स स्कुल, नर्सिङ्ग होम, वृद्धाश्रम, एम्पिथियटर, भोजन स्थल , क्यासिनो , विभिन्न कन्फ्रेन्स र व्यापार मेला मा जान सेफ पास अनिवार्य  देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कहाँ जादा सेफ पास आवश्यक पर्दैन ?

हेयर ड्रेसर, ब्युटी पार्लर, बैंक जादा सेफ पास आवश्यक पर्दैन।  साथै, फलफुल पसल, सुपर मार्केट, बेकरी, मासु पसल, माछा बजार, मिनी मार्केट, कियोस्क , फार्मेसी, हाट बजार ,समुन्द्र किनार, पिकनिक एरिया, ड्याम,पार्क, मारिना , स्क्वायर , जुवा र बेटिङ्ग सप र चिडियाखाना जान पनि सेफ पास आवश्यक पर्दैन।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *