देश विदेशसाइप्रस न्युज

इजरायल र प्यालेस्टाइनको नाममा अरु देशको मोर्चाबन्दी, मध्यपूर्व बाहिर युद्ध फैलिने त्रास

शेयर गर्नुहोस्

१७ मे २०२१ /

इजरायल र प्यालेस्टाइनको संघर्ष अझै भयानक रुपमा बढ्ने आशंका गहिरिएको छ । टर्कीले प्यालेस्टाइनको समर्थनमा आवाज उठाउँदै इजरायलविरुद्ध सबै मुस्लिम देश एकजुट भएर जवाफ दिनुपर्ने बताएको छ । यसले इजरायल र प्यालेस्टाइनबीचको यो संघर्षमा विश्वका अन्य देशहरुको दुई खेमामा मोर्चाबन्दी हुन सक्ने त्रास बढेको छ ।

अमेरिकाले एक पटक फेरि इजरायलको हवाइ आक्रमणलाई जायज करार दिँदै इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार भएको बताएको छ । अर्कोतर्फ आइतबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकबाट इजरायल र प्यालेस्टाइनलाई युद्धबिरामको आदेश दिने संयुक्त निर्णय अमेरिकाले रोकेको छ ।

यसलाई चीनले अमेरिका ‘अन्तर्राष्ट्रिय न्याय’ विरुद्ध उभिएको टिप्पणी गर्दै कडा आलोचना गरेको छ । रुसले पनि प्यालेस्टाइनको समर्थन गरेको छ । अमेरिका, बेलायत र फ्रान्स भने इजरायलको समर्थनमा आएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वका ५७ इस्लामिक देशको संगठन इस्लामिक सहयोग संगठन (ओआइसी) ले इजरायलसँग तत्काल गाजामा आक्रमण रोक्न अपिल गरेको छ । यो संगठनको आपतकालीन बैठक आइतबार बोलाइएको थियो । बैठकमा थुप्रै देशका विदेश मन्त्रीहरु सहभागी थिए ।

बैठकमा पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको हिस्सा बताउँदै यसलाई प्यालेस्टाइनको राजधानी पनि बताइयो । बैठकमा टर्कीले आक्रामक रुपमा इजरायलविरुद्ध इस्लामिक देशहरु एकजुट हुनुपर्ने बतायो । उसले अन्तर्राष्ट्रिय कानुनले आफूहरुको साथ नदिने भएकोले यसमा विश्वास नगर्न अपिल पनि गर्यो ।

इजरायल र प्यालेस्टाइनबीचको संघर्ष दोस्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा २ सयभन्दा धेरै मारिइसकेका छन् । ओआइसीले इजरायलले गरेका आक्रमणलाई क्रुरतापूर्ण कार्यवाही भनेको छ ।

ओआइसीको भर्चुअल बैठकमा इजरायलले पवित्र शहर जेरुसेलमबाट प्यालेस्टाइनीहरुलाई भगाउने कारवाहीलाई कडा शब्दमा निन्दा गरिएको छ ।

इजरायल आफैंले स्थापना गरेको संगठन हमास आज इजरायलकै कट्टर दुश्मन कसरी भयो ?

इजरायली प्रधानमन्त्रीले ‘सहयोगका लागि धन्यवाद’ भनेको देशले इजरायललाई दियो झट्का

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार ट्वीट गर्दै अहिलेको परिस्थितिमा आफ्नो देशलाई २५ देशहरुले समर्थन गरेको बताएका थिए । तर, उनको दावीलाई खारेज गर्दै बोस्निया हर्जगोभिनाकी विदेश मन्त्रीले आफ्नो देशले यस्तो कुनै समर्थन नगरेको प्रस्ट पारेकी छिन् । बोस्निया हर्जगोभिनाकी विदेशमन्त्री बिसेरा तुर्कोभिचले आफ्नो देशले कहिल्यै इजरायलको समर्थन नगरेको प्रस्ट पारेकी छिन् ।

उनले ट्वीटरमार्फत एक बयान जारी गर्दै भनेकी छिन् ‘बोस्निया हर्जगोभिनाको झण्डाले केवल शान्तिको समर्थन गर्छ र प्यालेस्टाइनी क्षेत्रको झण्डाको लागि एक उचित समाधान प्राप्त गर्ने प्रयासलाई समर्थन गर्छ । इजरायलको झण्डा हिंसा, स्थानइ शान्ति र स्थिरतातर्फ जैलाँदैन । हामी ती आक्रमणहरु तत्काल समाप्त गर्न आह्वान गर्छौं जसमा निर्दोषहरु मारिन्छन् र हामी दुवै देशलाई सहभागी गराउने समाधानको समर्थन गर्छौं । यो मान्दै कि केवल छलफलले नै स्थायी शान्ति ल्याउन सक्छ । हामी ती पहलको पनि समर्थन गर्छौं जो हिंसाको लहर रोक्न सहयोग गर्छन् ।’

विदेशमन्त्रीसहित बोस्निया हर्जगोभिनाका राष्ट्रपति परिषदका बोस्नियाली सदस्य सेफिक जाफेरोभिचले पनि आफ्नो देशले निर्दोष नागरिकको हत्याको समर्थन नगर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘मेरो प्रधानमन्त्री नेतन्याहुलाई यो सन्देश छ कि बोस्निया हर्जगोभिना गाजा क्षेत्रमा इजरायली सैन्य बलले निर्दोष मानिसहरुको हत्या गरेको न समर्थन गर्छ र गर्न नै सक्छ ।’ उनले नेतन्याहूसँग लगातार आक्रमण बन्द गर्न र प्यालेस्टाइनी र इजरायलीको लागि शान्ति स्थापना गर्न योगदान गर्न भनेका छन् ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार बिहान एक ट्वीट गर्दै अहिलेको समयमा इजरायललाई समर्थन गरेका २५ देशलाई धन्यवाद दिएका थिए । यी २५ देशहरुको झण्डामा बोस्निया हर्जगोभिनाको झण्डा पनि समावेश गरिएको थियो । उनले लेखेका थिए ‘आतंकवादी आक्रमणविरुद्ध आत्मरक्षाको हाम्रो अधिकारको समर्थन गर्ने र इजरायलको साथमा बलियोसँग उभिएकोमा तपाइँहरु सबैलाई धन्यवाद ।’

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *