साइप्रस न्युज

नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान

शेयर गर्नुहोस्

साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रसले नेपालमा तत्काल आत्यवश्यक स्वास्थ्य समाग्री पठाउनका लागि सबै साईप्रसबासी नेपाली समुदायहरुसगं आर्थिक सहयोग अह्वावन गरेको छ । सघंको शानिवार बसेको बैठकले सम्पुर्ण साईप्रसबासीहरुलाई सहयोगका लागि अपिल गरेको थियो ।

सबै समुदायहरु , सबै नेपाली नागरिक , श्रमिकहरुको सहकार्यमै स्वदेशमा रहेका परिवारहरु सुरक्षित हुनेभएकोले साईप्रसबासी नेपालीहश्रलाई नेपालमा परेको अहिलेको दुखद घडिमा एकढिक्का भएर सहयोगको खाचो रहेको सघंले जनाएको छ ।

नेपालमा र साईप्रसमा विगतमा परेका दुखका समयमा साईप्रसबासीहरुले देखाएको एकता र सहयोगको स्मरण गर्दै सघंले अहिले आफनो मातृभुमिमा परेको दुखको समयमा पनि त्यो एकतालाई प्रर्दशन गर्न आग्रह गरेको छ ।

सघंले छिटो भन्दा छिटो रकम संकलन गरेर नेपालमा अक्सिजन सिलिन्डर लगाएतका अत्यावश्कीय स्वास्थ्य समाग्री एनआरएनए ग्लोबलको सहकार्यमा पठाईने जनाएको छ ।

सघंका अनुसार अहिलेको अवस्थामा सबै भन्दा पहिला कोरोना संक्रमितलाई बचाउन सक्यो भने हामी सबैको परिवार सुरक्षित हुनुपर्ने र यस कार्यमा नेपाल सरकार पनि यथासिघ्र सबै संक्रमितहरुलाई ख्याल गर्नुपर्ने आग्रह गरेको छ ।

सघंले सहयोगका लागि गैरआवासीय नेपाली सघं साईप्रसका सबै प्रतिनिधी वा सिधै फेसबुक पेजमा सम्पर्क गरि सहयोग गर्न सकिने जनाएको छ ।

शेयर गर्नुहोस्

3 thoughts on “नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *