देश विदेश

यौनका भोकाले लाश राख्ने ठाउँ पनि छोडेनन्, अस्पतालको मुर्दाघरमा यौनधन्दा

शेयर गर्नुहोस्

अस्पतालको मुर्दाघरमा लाश राखिन्छन् । तर, यौनका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अड्डा बनाए । पछिल्लो समय अस्पतालको मुर्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधुरा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मुर्दाघरको भएको बताइएको छ ।

यो मुर्दाघरको ठेक्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् ।

अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ । केही समयअघि यो मुर्दाघरमा एक वृद्धको शव १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।

मंगलबार राती केही व्यक्तिहरु लाश लिएर मुर्दाघर पुग्दा कोठामा युवतीहरु देखेर चकित परे । उनीहरुसँग केही युवकहरु पनि थिए । उनीहरुसँग सोध्दा उनीहरुले कडा रुपमा आफ्नो लाश राखेर जाउ भनेका थिए । त्यसपछि शव लिएर आएकाहरुले त्यहाँका केही फोटो खिचे । यो देखेपछि भने मुर्दाघरका कर्मचारी युवतीहरुलाई लिएर बाहिर आए ।

फोटो सार्वजनिक भएपछि फोटोमा देखिएका २ कर्मचारीमाथि कारवाही गरिएको छ । अस्पतालका अधीक्षक पीएस ठाकुरका अनुसार दुई कर्मचारीलाई बर्खास्त गरिएको छ र कम्पनीलाई नोटिस पठाइएको छ ।

courtsy : dcnepal

इजरायल र प्यालेस्टाइनको नाममा अरु देशको मोर्चाबन्दी, मध्यपूर्व बाहिर युद्ध फैलिने त्रास

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “यौनका भोकाले लाश राख्ने ठाउँ पनि छोडेनन्, अस्पतालको मुर्दाघरमा यौनधन्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *