साइप्रस न्युज

खुसिको खबर बल्ल खुल्यो तीन देशको लागि अन्तर्राष्ट्रिय उडान

शेयर गर्नुहोस्

जेठ १३, काठमाडौँ | बिहिबार बसेको मन्त्रिपरिषद वैठकले चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद वैठकले आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय गरेको छैन । अहिले नियमित उडान बन्द भएको अवस्थामा केहि चार्टर उडानहरु भईरहेका छन् । सरकारले चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेको भन्दै तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरेको जानकारी दिएको छ तर मलेसिया, साउदी र युएई लगायत देशमा समस्यामा परेका तथा अगाडीनै टिकट काटेर नेपाल फर्कन नपाएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउने सम्बन्धमा भएको निर्णयबारे हालसम्म जानकारी प्राप्त भएको छैन ।

सरकारले विदेशबाट नेपाल आउनेहरुको लागि तीन बर्गिकरण गरेर व्यवस्थापन गर्ने भएको छ । जस अनुसार नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

पहिलो सर्त अनुसार दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

त्यस्तै दोश्रो सर्त अनुसार कसैले एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यस्तो क्वारेन्टाइन खर्च विदेशबाट आउने यात्रु आफैंले बेहोर्नुपर्ने हुन्छ ।

त्यस्तै तेश्रो सर्त अनुसार एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुहरुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । १० दिन होटल क्वारेन्टाइनमा बस्दाको खर्च बहने आफैले व्यहोर्नु पर्नेछ ।

अन्तराष्ट्रिय उडान 

बिहिबार विमान बंगलादेशले कतारको चार्टर्ड उडान गरेको छ । यो बाहेक आज तीन चार्टर कार्गो उडान भयो । त्यस्तै शुक्रबार दुवई-काठमाडौँ-हानेदा चार्टर्ड उडान हुँदैछ । शुक्रबारनै पारो -काठमाडौँ-पारो चार्टर्ड उडान हुँदैछ ।

त्यस्तै शुक्रबारनै युके-काठमाडौँ-दुबई चार्टर्ड उडान हुँदैछ । यो बाहेक शुक्रबार मात्र ८ कार्गो चार्टर उडान हुँदैछ ।

यो पनि पढ्नुहोस् : कोरोना बिरुद्ध लड्न कुन देश ले कति सहयोग दिए ?

तीन सर्त नमाने नेपाल आउँन नपाउने, विदेशबाट फर्किनेलाई यस्ता छन् तीन सर्त

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *