साइप्रस न्युज

फोटोमा भुत को तस्बिर आए पछि यिनीहरुको सात्तो उड्यो (फोटो सहित)

शेयर गर्नुहोस्

काठमाडौं। भूतको कथामा धेरै कम मानिसहरु विश्वास गर्छन् । तर, इङल्याण्डको कोभेन्ट्री सहरमा जे भयो त्यो निकै आश्चर्यजनक छ । यहाँ उक महिलाले साथीहरुसँग सामूहिक फोटो खिचिन् । यो समूहमा ७ महिलाहरु थिए तर जब फोटोमा आठौं अनुहार देखियो त्यसपछि महिलाको सातोपुत्लो उड्यो ।
कोभेन्ट्री सहरकी ३० वर्षीया महिला रेबेका ग्लासब्रोले सामाजिक संजालमा फोटो अपलोड गर्दै यो फोटो देखेपछि आफ्नो होस हराएको बताएकी छिन् ।

उनका अनुसार उनको दिमागमा अहिले यही आठौं अनुहार घुमिरहन्छ र उनले अझैसम्म बुझ्न सकिरहेकी छैनन् कि यो के हो ? फोटो खिच्दा आठौं आकृति देखिएपछि उनीहरु निकै डराएका थिए तर पछाडि फर्केर हेर्दा त्यहाँ केही थिएन ।
फोटोमा भने आठौं महिलाको आकृति देखिएको छ जसको टाउकोमा लामो कपाल देखिएको छ । जुन फ्ल्याटमा यो फोटो खिचिएको थियो त्योभन्दा माथिल्लो फ्ल्याटमा बस्ने महिलाका अनुसार यो आठौं आकृति निकै डरलाग्दो थियो ।

वृद्धाका अनुसार यहाँ यो फ्ल्याटको बाथरुममा नुहाउँदै गर्दा कसैको मृत्यु भएको हल्ला पनि गरिन्छ । रेबेकालाई पनि आफू बस्ने घरमा भूत भएको विश्वास लाग्न थालेको छ ।
रेबेकाले सामाजि कसंजालमा सेयर गरेको फोटोमा धेरै कमेन्टहरु आइरहेका छन् र मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । मानिसहल्े यसको बारेमा विभिन्न धारणा बनाएको भए पनि धेरैले यसलाई अनौठो भनेका छन् ।

फोटोमा छोरा पछाडि अर्को बच्चा देखिएपछि

एजेन्सी ।  छोराको फोटो पछाडि अर्को भुत जस्तै देखिने अपरिचित बच्चा उभिएको र उसको हात आफ्नो छोराको काँधमा देखिएपछि एक महिला तनावग्रस्त छिन् ।

सोमबार नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर अनौठो देखेपछि लाउरा नामकी महिलाको भोक निन्द्रा सबै टुटेको हो ।

पिकनिकमा लाउराको ९ वर्षीय छोराले बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाएका थिए । लाउराले त्यो फोटो घर आएर हेर्दा बाइरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सिएकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभएको उनको दाबी छ । भुतमा विश्वास नगर्ने उनले यो फोटो देखेपछि भने भुतमा विश्वास भएको र भुत बारे जान्न रुचि बढेको बताएकी छन् ।

त्यो बच्चाले आफुहरुलाई घर सम्म पछ्याएको छ कि भन्नेमा भने उनी त्रसित छिन् । श्रीमानको काम रातिको परेकाले रातमा आमा छोराछारीमात्र घरमा बस्दा रातभर डरले निदाउन नसकेको उनको भनाई छ

यो पनि पढ्नुहोस : सपनामा कस्तो सर्प देख्दा शुभ ? कस्तो देख्दा अशुभ ? हेर्नुस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *