साइप्रस न्युज

लिमासोलामा एक वृद्धको घर मा चोरी, पापोसमा रिफ्युजी  फेल भएकी महिला पक्राउ 

शेयर गर्नुहोस्

५ जुन २०२१/ लिमासोल 

गए राति लिमासोलको एक घर मा चोरी भएको छ।  नकाबधारी ३ जनाको समूहले शनिवार बिहान करिब साढे २ बजे लिमासोल को आइया फिला मा रहेको एक वृद्धको घर मा चोरी  गरेको हो। घरमा   ८० र ८३ वर्षका वृद्धवृद्धा सुतिरहेका थिए।

टुटेफुटेको ग्रीक भाषामा हानि पुर्याउने भन्दै धम्काउदै  चक्कु देखाएर  करिब १५०० युरो लुटेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक जानाकारी अनुसार किचन को ढोका बाट चोरहरु पसेको बुझिएको छ यधपी ढोका फुटाएको वा छेडछाड कुनै निसान भेटिएको छैन।  प्रहरीले चोरको खोजि गरि रहेको छ।

रिफ्युजी  फेल भएकी महिला पक्राउ

पापोस प्रहरीले गत सोमबार इलिगल रहेकी एक महिला लाई पक्राउ गरेको छ।  रिफ्युजी निवेदन अस्विकार भए पछि ३० दिन भित्र साइप्रस छोड्न भनिएको मा देश नछोडे पछि पक्राउ गरेको हो।

सन् २०१९ मा दिएको  रिफ्युजी निवेदन गत जनवरी २८ तारिखमा अस्विकार भएको र ३० दिन मा देश छोड्ने आदेश थियो।

पक्राउ परेकी महिला कुन देशकि नागरिक हुन् त्यो बारे केहि जानकारी दिइएको छैन।  हाल प्रहरीले उनलाई पापोस प्रहरी हेडक्वाटरमा राखेर डिपोर्ट गर्ने आदेश पर्खि रहेको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “लिमासोलामा एक वृद्धको घर मा चोरी, पापोसमा रिफ्युजी  फेल भएकी महिला पक्राउ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *