साइप्रस न्युज

टर्कीमा देखिएको समुन्द्री ‘सिँगान’ फामागुस्तामा पनि देखियो, के हुन्छ खतरा ?

शेयर गर्नुहोस्

समिम मियाँ

१० जुन २०२१/लिमासोल

टर्कीमा रहेको मारमरा समुद्रमा समुद्री सिँगान (सी स्नट) को फैलावट बढ्दै गए पछि समुन्द्री जीवजन्तुहरू संकटमा परेका छन् । बन्दरगाह, तटीय क्षेत्र र समुद्रको जललाई यो खैरो पदार्थ जम्मा भएको छ ।

यसले गर्दा सामुद्रिक प्राणीहरूको जीवन खतरामा छ । यसको प्रभाव टर्की शासित उत्तरी साइप्रसका तट मा पनि देखिएको मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन्। उत्तरी साइप्रसका तट र फामागुस्ताको पाम बीच मा पनि समुद्री सिँगान (सी स्नट)  देखिन थालेको छ।

टर्कीको  इस्तानबुलको दक्षिणपट्टि समुद्रमा फैलिएको यो  खतरनाक रसायनिक-जैविक वस्तु हो जसलाई  समुद्री स्नट  (Sea Snot), समुद्री थूक (Sea Saliva) या मरीन म्यूसिलेज पनि भनिन्छ।

Signs of Turkish ‘sea snot’ off Famagusta area
उत्तरी साइप्रस को समुन्द्र तट मा देखिएको sea snot

यो क्रिम जस्तो चिप्लो र टाँसिने पदार्थ हो जुन सामान्यता नोक्सानदेह त हुदैन तर यसमा ब्याक्टेरिया, भाइरस जन्मने आशंका रहन्छ। यो दुइ मिटर गहिराइ सम्म फैलिने हुनाले  यसको कारण समुन्द्रमुनि उज्यालो र हावा  पुग्न पाउदैन जसले  गर्दा  समुद्री जीव मर्न थाल्दछन्।

यस्तो अवस्थामा टर्कीका वातावरणमन्त्रीले यसलाई छिट्टै हल गर्ने बताएका छन् । विपत व्यवस्थापन योजना बनाएर समुद्रको भविष्यलाई सुरक्षित बनाउने उनको भनाइ छ ।

वातावरणमन्त्री मुरात कुरुमले मारमरा समुद्रलाई संरक्षित क्षेत्र घोषणा गरिने, प्रदूषण घटाइने र तटीय शहर तथा जहाजबाट आएको फोहर पानी सफा गर्ने बताएका छन् ।

उनले सामुद्रिक सफाइ कार्यक्रममा स्थानीय बासिन्दा, कलाकार र गैरसरकारी संस्थाहरूलाई सहभागी हुन आह्वान गरेका छन् । सफाइ मंगलवारबाट शुरू गरिनेछ ।

उत्तरी साइप्रसका सम्बन्धित निकायले समुन्द्रमा  देखिएको पदार्थ बारे अनुसन्धान गरिरहेको स्थानीय पत्रिकाले खबर छापेको छ।

टर्कीस मिडिया रिपोर्टका अनुसार मारमरा सागरको तटमा यो समुद्री स्नट  (Sea Snot), समुद्री थूक (Sea Saliva) जम्मा भएका कारण मानिसहरु समुन्द्र किनारमा गएका छैनन् भने पर्यटकहरुलाई पनि सो क्षेत्रमा जान रोक लगाइएको छ।  मछुवाराहरु पनि  माछा मार्न जान सकेका छैनन्।  माछा मार्न प्रयोग हुने डुङ्गाहरु को मुनिको भाग मा यो पदार्थ टासिएकाले मोटर चल्न नसक्ने भएका छन्।

यस्तो घटना जलीय प्रदुषण र क्लाइमेट चेंज को कारणले हुने गर्छ यधपी पहिलो पटक भएको भने होइन।  स्क्रिप्स इन्स्टिच्युट अफ ओशनोग्राफी का अनुसार यस्तो घटना सन् १९८९, १९९७ र २००० मा पनि भएको थियो।

यो समाचार पनि पढ्नुहोस् : आठ अर्ब पासवर्ड इन्टरनेटमा लिक भयो , कतै तपाईंको त परेन ?

भिडियो मा हेर्नुस ?  Turkey’s ‘sea snot’ problem

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *