देश विदेश

कुवेतमा नेपाली चेलीको लास पठाउन सरकार पन्छिएपछि श्रमिकले चन्दा उठाएर पठाए

शेयर गर्नुहोस्

कुवेत सिटी। कुवेतबाट एक नेपाली चेलीको शब पठाउन त्यहाँ  कार्यरत नेपाली श्रमिकहरुले रकम संकलन गरेका छन्। झापा, धारागोला भ्यूटावर घर भई कुवेतमा ज्यान गुमाएकी मुना राईको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको हो। मृतक राइको  शब सोमबार कतारको बाटो हुँदै नेपाल पुगिसकेको छ।

राई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत थिइन। उनी भारतको बाटो हुँदै अवैध रुपमा श्रम नगरी कुवेत आएकी थिइन। श्रम नगरेको भन्दै वैदेशिक रोजगार बोर्डले आफ्नो कार्यविधि भित्र नपर्ने बताएको थियो। यसकारण राई शब नेपाल पठाउन गाह्रो परेपछि कुवेतमा कार्यरत नेपालीले नै रकम संकलन गरेका हुन्। राईको मे महिनाको २० तारिखमा ह्दयघातका कारण निधन भएको थियो।

झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमाल भन्छन्, ‘मृतक राइको शब पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी नेपाली राजदूतवासमा बुझाएका छौं।’

मृतक राईको शब नेपाल पुर्याउन राजु धिमाल र तुलसी लिम्बुको पहलमा सर्वाधिक २ सय ७० केडी, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीको पहलमा ४९ केडी, प्रेमा कुलुङ राईको पहलमा १२।५ केडी, लाक्पा लामाको पहलमा ८।७५ केडी, बिमल कार्कीबाट ५ केडी, बिकासबाट ५ केडी, आशिष लिम्बुबाट ५ केडी, धन बहादुरबाट ५ केडी र तुलसी लिम्बुको पहलमा २५ केडी रहेको छ।

यो खबर हामिले प्रवासखबरबाट लिएका हौ।  

यो समाचार पनि पढ्नुहोस् : हृदयघातको कारण नेपाली महिला घरेलु कामदारको निधन

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *