देश विदेश

श्रीमतीको योजनामा माओवादी नेताको गोली हानी हत्या !

शेयर गर्नुहोस्

करिव एक महिना अघि कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको महिमाको योजनामा भएको प्रहरीले निस्कर्ष निकालेको छ ।

पाण्डेयलाई गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडक खण्डको गोबरीमा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए भने तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

प्रहरीले घट्नाको अनुसन्धानपछि मुख्य योजनाकार उनकै श्रीमती महिमासहित ११ जनालाई पक्राउ गरेको छ । ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखियासहित गोली हान्ने र हतियार विक्रि गर्नेसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घट्नाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो ।

उनीहरुको साथबाट स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक र गोली ८ राउण्ड, कटुवा पेस्तोल तथा गोली २ थान, जमिनमा गाडेर लुकाएको पेस्तोल, म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद भएको छ । यसअघि प्रहरीले गोली हान्ने दुईजनालाई पक्राउ गरेको थियो ।

आफनै पतिलाई मार्ने योजना वनाउने महिमाले यो योजना किन वनाईन भन्ने विषय भने अझै खुलेको छैन । उनीहरुविरुद्ध हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान सुरु गरेको कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *