संघसंस्था गतिविधिसाइप्रस न्युज

मोना साईप्रसले ८४ हजार भन्दा बढि रकम म्याग्दी जिल्ला पठायो

शेयर गर्नुहोस्

म्याग्दी जिल्लामा बिपदको बेला सहयोग गर्ने मुख्य उद्देश्यले खोलिएको आपतकालिन राहत कोषका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) साईप्रसले आर्थिक सहयोग गरेको छ । मोना साईप्रसका अध्यक्ष लोकराज रोका मगरले साईप्रस नेपाल डटकमसगं कुरा गर्दै विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (१९ को दोस्रो लहरले जिल्लाको स्वास्थ्य क्षेत्रमा उच्च प्रभाबलाई मध्य नजर गर्दै सो रकम पठाएको जानकारी दिनुभयो ।

अध्यक्ष मगरले यस्तो आपतकालिन अवस्थामा जिल्लामा अक्सिजनको कमी नहोस र उपचारमा कहि कुनै पनि कमि कमजोरी नहोस भन्दै मोना आईसिसि र मोना साईप्रसले सहकार्य गर्दै साईप्रसबाट नेपाली रु ८४,९०६ रुपैया पठाईएको बताउनु भयो । मोना साईप्रसको रकम उन्सत्तरि हजार नौ सय छ रुपैयाँ अक्सिजनका लागि र १५००० रुपैया धवलागिरी गाँउपालिका,४ निवासी मृगौला पीडित टेक बहादुर गर्वुजालाई हस्तान्तरण गर्न भनी सहयोग गरिएको अध्यक्ष मगरको भनाई थियो ।

साथै साईप्रसमा म्याग्दी जिल्लाभरीका विभिन्न पेसाका कार्यरत सबैलाई मोनामा सहभागिताका अध्यक्ष मगरले अहवान समेत गर्दै सहयोगमा सघाउनुहुने सबैलाई विशेष धन्यबाद दिनुभएको छ ।

यो समाचार पनि पढ्नुहोस् : शेर्पा किदुग साईप्रसद्धारा डेढ लाख भन्दा बढि रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

कवाडी उठाउनेले एकैपटक ३ वटा हेलिकप्टर ल्याएपछि,,,

शेयर गर्नुहोस्