साइप्रस न्युज

आयानापामा एक व्याक्ति मृत फेला , पापोस र लिमासोलमा चोरी गर्ने युवा पक्राउ 

शेयर गर्नुहोस्

२८ जुन २०२१/ लिमासोल

आयापानाको समुन्द्रमा एक लाश तैरिएको अवस्थामा फेला परेको छ।  सोमबार बिहान आयानापाको मारिना नजिकैको समुन्द्री चट्टानी क्षेत्रमा लाश तैरिरहेको  जानकारी पोर्ट प्रहरीले पाए पछि प्रहरी  सो स्थानमा पुगेको थियो।

फामागुस्ता पोर्ट प्रहरीले लाशलाई निकालेर पोस्टमार्टमको लागि पठाइसकेको छ।

मृतक अफ्रिकन मुलको देखिएको छ।  प्रहरीले हराएको व्याक्तिको डाटामा मृतकको हुलिया अनुसार को रिपोर्टमा जांच गरिरहेको छ।

लाश को पेट फुलेको अवस्थामा भेटिएकाले सो व्याक्ति केहि दिन अघि  भै सकेको प्रहरीले बताएको छ।

यो समाचार पनि पढ्नुहोस् : 

पापोस र लिमासोलमा चोरी गर्ने युवा पक्राउ

पापोस जिल्ला अदालतले चोरीमा संलग्न एक युवालाई हिरासतमा राख्ने आदेश दिएको छ।  २७ वर्षीय युवालाई लिमासोल सीआइडि र ब्रिटिस बेसको संयुक्त  टोलीले पक्राउ गरेको थियो।  पापोस जिल्ला भरि ४ निजि सम्पतिमा चोरी र छ ओटा गाडी चोरी गरेको अभियोगमा  पापोस प्रहरीले खोजि गरि रहेको थियो।

अभियुक्तले २ घर, एक  कफी सप, एक कियोस्क फुटाएर गरगहना, सिकारी राइफल, मोटरसाइकल, खुद्रा सामान र नगद चोरी गरेका थिए।

चोरी भएका  सबै गाडीलाई प्रहरी बरामद गरि अनुसन्धान गर्दा २७ वर्षीय आरोपी विरुद्द प्रमाण फेला परेको थियो।  ति कुन देशका नागरिक हुन् भनेर खुलाइएको छैन।

प्रहरीका अनुसार यी घटनाहरु सन् २०२० को अक्टोबर र डिसेम्बरको बीच भएको थियो।

कार दुर्घटना गराएर भाग्ने ड्राइभरको खोजि गर्दै प्रहरी

पापोसमा कार ठोक्काएर दुर्घटना गराएर भाग्ने ड्राइभरलाई प्रहरीले खोजि गरि रहेको छ।  प्रहरीका अनुसार टोम्ब्स अफ द किंग्स एभ्नेयु, पापोसमा लेन चेन्ज गर्दै सो अन्जान ड्राइभरले गाडी ठोक्कउदा अर्का चालकले कार नियन्त्रण लिन नसकी ट्राफिक डिभाइदरमा ठोकिएको थियो।

कारमा सवार एक यात्रु घाइते भएका छन्।  प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भाग्ने ड्राइभर २६ वर्षीका असाइलम लिएका व्याक्ति हुन्।

सबै समाचार साइप्रसका विभिन्न अनलाइन मिडियाले  प्रकाशन गरेका छन्।  

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।