कोरोनासाइप्रस न्युज

साइप्रसमा फेरी बढ्न थाल्यो कोरोना, सोमबार ३१४ मा संक्रमण पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ 
२८ जुन २०२१/लिमासोल 

दैनिक हजारौ  कोरोना टेस्ट  संगै कोरोना विरुद्दको खोप लगाई कोभिड १९ लाई नियन्त्रण गर्ने उद्देश्य लिएको साइप्रसको स्वास्थ्य मन्त्रालयलाई पछिल्लो केहि दिन देखि बढी रहेको कोरोना संक्रमणले चिन्तित बनाएको छ।

जुन महिनाको अन्तिम सम्म ६५ % नागरिकलाई कोभिड १९ विरुद्धको एक डोज दिने लक्ष्य हासिल गरेको साइप्रस सरकारले आफ्नो ४५ % नागरिकलाई पुर्ण खोप दिई सकेको छ।

यस्तो अवस्थामा लकडाउनलाई चरणवद्ध रुपमा खुल्ला गर्दै विभिन्न प्रतिबन्धलाई खुलाउदै आर्थिक र सामाजिक विकासको रफ्तारलाई पुन:  अघि बढाउन लागि परि रहेकै बेला कोरोना संक्रमण बढ्नुले कहिँ न कही हेलचेक्राइ भै रहेको बुझिन्छ।

हप्तादिन अघि सम्म  दैनिक  ३०-३५ जना मात्र कोरोनाका संक्रमित भेटिदै आए पनि यो संख्यामा लगातार वृद्धि भै रहेको छ। गत हप्ता  सोमबार ६७, मंगलबार १२२, बुधबार १६७, बिहिबार १७५, शुक्रबार १६९, शनिवार २२६, आइतबार २१६ र सोमबार ३१४ मा संक्रमण देखिएको छ।

अहिले देखिएको संक्रमण मा प्राय: ५० वर्ष भन्दा मुनिका व्याक्ति हरु रहेका छन्।  संक्रमण बढे संगै कोरोना वार्ड फेरी भरिन थालेका छन्।  अहिले ५३ जना हस्पिटल मा भर्ना भएका छन् जसमध्य १७ को अवस्था गम्भिर रहेको छ।

सोमबार दिनभरी साइप्रसमा ३७५४६ नमुनाको पिसीआर र र्यापिड टेस्ट गर्दा ३१४ मा संक्रमण देखिएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ।  यो आँकडा संगै गत वर्ष देखि हाल सम्म ७५,०९९ जना कोरोना संक्रमित भइसकेका छन्।

कन्ट्याक्ट ट्रेसिङ्ग मा परेका मध्य २८ जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएको नमुनामध्य ९ जना, व्यक्तिगत रुपमा चेक गराउने मध्य ३२ जना, जनस्वास्थ्य ल्याब बाट १६ जना, प्राइभेट रुपमा गराइएका र्यापिड टेस्टमा ६ जना र सरकारी टेस्तिङ्ग कार्यक्रम अन्तर्गत २२३ जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकरी टेस्तिङ्ग कार्यक्रम अन्तर्गत २२३ बिरामी फेला परेका मध्य निकोसियामा ७५ जना, लार्नकामा ३१ जना, लिमासोलामा ४३ जना, पापोसमा १३ जना , फामागुस्तामा ५८ जना र देशको सेना (नेशनल गार्ड ) मा ३ जनामा संक्रमण पुष्टी भएको हो।

स्वास्थ्य मन्त्रालयले कोरोना मापदण्डको पुर्ण पालना गर्न र खोप अभियानमा भाग लिन अनुरोध गरेको छ।  कोरोना वृद्धि भए संगै राष्ट्रपती निकोस अनास्टसियादेशले आज महामारी विशेषज्ञहरु संग छलफल गर्नु भएको छ।महामारी विशेषज्ञहरुले तत्काल कडा कदम उठाउन नपर्ने सल्लाह दिए पनि सेफ पास लागु गर्नु पर्ने सुझाव दिएका छन्।  जुलाई १ तारिख बाट साइप्रसले पनि ग्रीन सेफ पास लागु गर्ने छ।

यता, स्वास्थ्य मन्त्रालयबाट बिदा हुदै गरेका स्वास्थ्य मंत्री कोस्थान्तिनुस आयान्नुले शुक्रबार गरेको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणको उपाय र खोप अभियान प्रति सन्तुस्टि व्यक्त गर्दै आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गरेका थिए। आयान्नुको राजिनामा रास्ट्रपतिबाट स्वीकृत भै सकेको छ भने जुलाई १ तारिख बाट अर्का मंत्रीले जिम्मेवारी सहाल्नेछन्।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस भर २९ तारिख यी स्थानमा नि:शुल्क कोभिड टेस्ट हुँदै छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसबाट खोप लगाएर नेपाल जानेले होटल क्वारेन्टाइन बस्न नपर्ने, सिधै घर जान पाइने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रसमा फेरी बढ्न थाल्यो कोरोना, सोमबार ३१४ मा संक्रमण पुष्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *