देश विदेश

ग्रीसमा कोरोनाको खोप लगाए १५० युरो र एक महिनाको इन्टरनेट नि:शुल्क

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुन २०२१ /लिमासोल 

कोरोनाको पहिलो लहरलाई ग्रीसले  जसो तसो धान्यो तर गत नोभेम्बरमा  संक्रमण र मृत्युदर बढे जनस्वास्थ्य प्रणालीमा असर पुग्ने देखेर सरकारले कडा लकडाउन लगायो।

संक्रमण कम हुदै गए  पछि गत हप्ताबाट सरकारले मास्क लगाउनै पर्ने बाध्यकारी नियमलाई हटाएको छ। भ्याक्सिन लगाएका नागरिक अब आफ्नो काममा फर्किन सक्नेछन् भने जिम लगायत का स्थानमा जान पनि अब कुनै टेस्ट को आवश्यकता नपर्ने बताइएको छ।

सरकारी रिपोर्टका अनुसार  देशको  ३३% जनसंख्या यानी एक करोड दश लाख नागरिकलाई पुर्ण खोप लगाई सकिएको छ। एकातिर कोभिड १९ को डेल्टा भेरीएन्ट बारे सरकार चिन्तित बनेको छ भने खोप अभियानलाई तिव्र र प्रभावकारी बनाउन उपाय अपनाई रहेको छ।

अहिले ग्रीस सरकारले कोरोना विरुद्धको खोप लगाउन प्रोत्साहन गर्न युवालाई लक्षित योजना अघि सारेको छ। गर्मि को छुट्टीलाई मध्यनजर गर्दै सरकरले १८-२५ वर्षका युवाले कोभिड को पहिलो खोप लगाएर १५० युरो को प्रीपेड कार्ड दिने छ जसलाई “फ्रीडम पास” नाम दिइएको छ।

यो कार्ड जुलाई १५ बाट  ‘समर होलिडे’ र  सास्कृतिक कार्यक्रम मा खर्च गर्न सकिनेछ भने एक महिनाको मोबाइल इन्टरनेट डाटा पनि नि:शुल्क गरिने सरकार द्वारा जारी सूचनामा उल्लेख छ।

ग्रीसमा नौ लाख बिस हजार यो उमेर समूहका युवा छन्।

ग्रीसमा गत वर्ष महामारी सुरु भए देखि हाल सम्म ४,२०,९०५ संक्रमित फेला परेका थिए भने १२६६४ ले ज्यान गुमाएका थिए।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा फेरी बढ्न थाल्यो कोरोना, सोमबार ३१४ मा संक्रमण पुष्टी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।