महत्वपूर्ण जानकारीसाइप्रस न्युज

साइप्रसमा डिजिटल कोभिड सर्टिफिकेट यसरी डाउनलोड गर्नुहोस्

शेयर गर्नुहोस्

समिम मियाँ

३० जुन  २०२१/लिमासोल

युरोप युनियनले प्रस्ताव गरेको डिजिटल कोभिड सर्टिफिकेटलाई आज  साइप्रसले पनि लागु गरेको छ।  कोभिड सर्टिफिकेट ले युरोपियन युनियन भित्रका २८ देशमा  यात्रा गर्दा  सुरक्षित र सहज गराउने उदेश्यले यो अवधारणा लागु गरिएको हो।

कोभिड विरुद्धको भ्याक्सिन लगाएको वा कोभिड टेस्ट नेगेटिभ वा पोजेटिभ आएको वा कोभिड १९ बाट निको भएको  व्याक्तिको पहिचान गराउन यो डिजिटल प्रमाण को रुपमा आधार बन्नेछ।

यो डिजिटल सर्टिफिकेट  बनाउन  साइप्रस सरकारले वेबसाइट प्रकाशन गरेको छ।  जसमा सामान्य ४ स्टेप मा बनाएर  डाउनलोड गर्न सकिन्छ।

भ्याक्सिन लगाएको सर्टिफिकेट  डाउनलोड गर्ने तरिका

सरकारको वेबसाइट[  https://www.eudcc.gov.cy] मा जानुहोस्  वा यहाँ क्लिक गर्नुहोस्  अंग्रेजी  भाषा छनोट गर्न EN | EL मध्य EN मा क्लिक  गर्नुहोस्।

तेस्पछि Select certificate type मा क्लिक गर्नुहोस् र कस्तो किसिमको सर्टिफिकेट बनाउने  हो त्यो अप्सन रोज्नुहोस।

Vaccination, Recovery वा Laboratory testing मध्य Vaccination मा क्लिक गरि Continue मा क्लिक  गर्नुहोस्।

अब Type of document मा Alien registration Certificate (ARC) , पासपोर्ट, सिप्रियोट आइडि वा फोरेन आइडि नम्बर मध्य खोप लगाउन जाँदा दिनु भएको डकुमेन्ट  रोजेर Identification document number मा पासपोर्ट नम्बर लेख्नुहोस र तेस पछि Date of Birth मा  पासपोर्ट मा भएको आफ्नो जन्म मिति लेख्नुहोस् र NEXT मा क्लिक गर्नुहोस।  अब Insert the OTP sent to your mobile phone मा आफ्नो मोबाइल नम्बर मा आएको म्यासेज मा OTP यानी कोड हालेर next गर्नुहोस्।  अब तपाइँ को सर्टिफिकेट डाउनलोड हुन को लागि तयार छ।  Download and/or Print your certificate गरि सेभ गर्नुस वा प्रिन्ट गर्नुहोस् वा स्क्रिन सट लिएर राख्नुहोस्।

यो सम्बन्धि सम्पूर्ण जानकारी अंग्रेजी मा हेर्न यहाँ क्लिक गर्नुहोस।  नेपाली भाषा मा केहि दिन भित्र यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

 

यो समाचार पनि पढ्नुहोस् : साइप्रसबाट खोप लगाएर नेपाल जानेले होटल क्वारेन्टाइन बस्न नपर्ने, सिधै घर जान पाइने

साइप्रस लगायत विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको छ ।

सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई प्रतिवेदन बुझाउन पर्नेछ ।

आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने पालिका वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोट आएमा सिधै गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ ।

घरमा बसेको ११ औँ दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा २ जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने भएको छ ।

नयाँ प्रावधान अनुसार, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् । तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।

 

अब ७ दिन होटल क्वरेण्टीन
यसअघि खोप लगाएर आएका यात्रुलाई पनि १० दिन अनिवार्य गरिएको होटल क्वरेण्टीन व्यवस्था हटेको छ । अब खोप नलगाई नेपाल आउने यात्रुले पनि ७ दिन मात्र होटेल क्वरेण्टीन बसे पुग्ने व्यवस्था नयाँ प्रावधानमा गरिएको छ ।

पीसीआर रिपोर्ट र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् ।

होटेल क्वरेण्टीनमा बसेको ७ औँ दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सिधै घर जान पाइने छ ।

वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।

तर, उनीहरू नेपाल आइसकेपछि भने सरकारले क्वरेण्टीन भनी तोकेका होटलमा बस्नु पर्नेछ । यसअघि सबै यात्रुले होटेल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।

डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका र बेखर्ची भएका नेपालीहरूको सम्बन्धमा सम्बन्धित कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले तोकेको क्वरेण्टीनमा राखिने र त्यस्ता व्यक्तिको क्वरेण्टीन बस्दा, कोरोना परीक्षण गर्दा र घरसम्म जाँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।

विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ यहाँ क्लिक गरि हेर्नुहाेस्

 

यो समाचार पनि पढ्नुहोस् : श्रम स्वीकृति अब हप्तामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।