साइप्रस न्युज

साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद (फोटो र भिडीयो)

शेयर गर्नुहोस्

लिमासोलको एराकपास भिलेज मा भिषण आगलागी भएको छ।  शनिवार दिउँसो २ बजे  देखि लागेको आगो ले एराकपास भिलेजका थुप्रै घर हरु जलेर नस्ट भएका छन्।

लिमासोल र लार्नाका जिल्ला को सिमा क्षेत्र रहेका  एराकपास भिलेज बाट एप्टागोनिया भिलेजका घरहरू नस्ट भए पनि लार्नाका जिल्लाको मालिनी, भाभाटिसिनिया र आयियस भ्यावाटसिनियाको भिलेज आसपास मा पनि आगलागी को प्रभाव परेको छ।

सो क्षेत्रका सम्पूर्ण गाउँहरु खाली गराउने कार्य जारी रहेको स्थानीय मिदियाले समाचार प्रकाशन गरेका छन्।

बन विभाग प्रमुख चरलाम्बोस आलेक्सएन्द्रिउका अनुसार यति ठुलो आगलागीलाई बाहिरि मदद बिना  नियन्त्रण गर्न असम्भव रहेको बताए। आगो तिव्र रुपमा अनियन्त्रित भएर फैलिरहेकोले घर, बाली तथा  सम्पति नस्ट पारिरहेकाले मानिसहरुलाई सुरक्षित स्थानमा सार्न पुराका पुरा गाउँ खाली गराई रहेको उनले  जानकारी दिए।

तिव्र गतिमा चलेको हावाले आगो फैलाउन मदद गरिरहेको छ भने अग्नि नियन्त्रकहरु को झन् गाह्रो बनाइ रहेको छ।

बन विभाग प्रमुख आलेक्सएन्द्रिउले अहिले आगो निभाउन असम्भव रहेको  र भोलि पनि नियन्त्रण मा लिने सम्भावना नभएको बताए।

अहिले १० ओटा प्लेन तथा हेलिकप्टरले ग्राउण्ड  टिम लाई आगो निभाउन सहयोग गरि रहेका छन्। ग्राउण्ड टिम मा दमकल र अग्नि नियन्त्रक का साथै प्रहरी पनि परिचालन गरिएको छ।   तर रात परे पछि प्लेन र हेलिकप्टरले आगो निभाउन  उड्न नसक्ने बताएका छन्।

आगलागि को परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायल र युरोपियन युनियन संग मदद मागेको छ।

अग्नि विभागका प्रमुख आन्द्रेयास केट्टिसले छिमेकि देश बाट दुइ विमान केहि बेर मै आइपुग्ने बताउदै ग्रीसले पनि २ बिमान पठाएको जानकारी दिए।

व्याक्तिगत सम्पति को साथै जंगल को विनाश हुनु दुखद भएको बताउदै कृषि मंत्री कोस्तास कदिसले भने “हामीले भोगिरहेको  यो अवस्था निकै कठिन छ।  ”

आगलागी बाट निस्केको धुवाँलाई आयनापा बाट पनि  देखिएको थियो। नियन्त्रण गर्ने प्रयास जारी रहेको छ।

फोटो र   भिडीयो मा हेर्नुहोस्।  फोटो र  भिडीयो सबै स्थानीय मिडिया बाट 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद (फोटो र भिडीयो)

Comments are closed.