साइप्रस न्युज

साइप्रसमा शनिवार ५८३ र नेपालमा २३२८ मा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
३  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण आज पनि  बढेको छ। शुक्रबार ५२९ मा संक्रमण पुष्टी भएकोमा शनिवार  यो संख्या बढेर ५८३ मा पुगेको छ। यो संगै पोजेटिभिटि दर पनि बढेर १.२१ प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले शनिवार दिनभरिको टेस्टको जानकारी दिदै ४८,३५८  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ५८३ मा संक्रमण देखिएको बताएको हो । आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ७७,५४५  जना संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ८०३ मध्य ६१ जना , पापोस र लार्नाका एयरपोर्ट बाट लिएको २,५५१  नमुना मध्य ८  जना, व्यक्तिगत रुपमा चेक गराउने २,३१६  मध्य ८७  जना, जनस्वास्थ्य ल्याब बाट १५२  मध्य ८  जना, प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ४८४ र्यापिड टेस्टमा २१  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ४१,८३६  नमुना मध्य ३९८  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ३९८ बिरामी फेला परेका मध्य निकोसियामा १३४  जना, लार्नकामा ५०  जना, लिमासोलामा १०६ जना, पापोसमा २९ जना , फामागुस्तामा ७९ जनामा संक्रमण पुष्टी भएको हो।

अहिले देश भरिका हस्पिटलमा ६३  जना कोभिड का बिरामी भर्ना भएका छन्। जसमध्य २१  जनाको अवस्था गम्भिर रहेको छ।

कोभिड १९ को  पछिल्लो अवस्था अनुसार इसीडिसी ले साइप्रसलाई रेड जोन मा राखे पछि  खोप नलगाएका  ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै  सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।

हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ  सकेका छन्।

नेपालमा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण, ३ हजार ६६ जना निको

गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसीआर परीक्षण गर्दा १ हजार ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.३१ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद (फोटो र भिडीयो)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा शनिवार ५८३ र नेपालमा २३२८ मा कोरोना संक्रमण पुष्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *