Domestic Workerसाइप्रस न्युज

आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शेयर गर्नुहोस्

समिम मियाँ

४ जुलाई २०२१/ लिमासोल

३ वर्ष अघि घरेलु कामदारको रुपमा साइप्रस आइपुगेकी बागलुङ्ग कि पुष्पा परियार सधै जस्तै शनिवार दिउँसो पनि खानपिन सकेर आराम गर्दै थिइन्। बोस कि श्रीमती पनि आराम गर्दै थिइन् भने बोस कतै गएका थिए। लार्नाका को ओडु भिलेज सधै जस्तो शान्त थियो।

शनिवारको दिन, काम पनि अलि कम नै हुने भएर आराम को समयमा उनि भुसुक्क निदाईन्। कामले थाकेकी उनि यति गहिरो निन्द्रामा परिन् कि बोसको फोन आएको पनि थाहा पाइनन्।

बोसले आत्तिदै उनको रुमको ढोका ढकढक्यार हतार हतार गाडि मा बस्न भने। मोबाइल बोकेर घर बाहिर निस्किदा र बोस कि श्रीमती संगै ढोकाबाट निस्किए। गहिरो निद्राबाट ब्युझेकी उनि घर बाहिर निस्किदा आँखाले केहि नदेख्ने धुवाँ नै धुवाँ र हेलिपक्टर को आवाज सुनेर कतै बम पड्केछ भन्ने सोच्दै थिइन् ।

बोस ले गाडिमा जबर्जस्ति कोचे। उसै त जुलाईको गर्मि, मध्य दिनमा उनलाई पसिनाले निथ्रुक्कै भिजायो ,गाडीमा बसे पछी बल्ल मस्तिस्क पुरा ब्युझियो।

अनि बल्ल उनले माहोल बुझिन। मानिसको चिच्याहट, हो-हल्ला, कोलहाल मा टाउको माथि नै उडेको हेलिकप्टर र अक्सिंजन नै नभएको जस्तो तातो हावाले सास नै फेर्न नसकेको अवस्थामा बोसले गाडि हुइक्याउन खोजे।

छिमेकमा वृद्ध बुढि को हेरचाह गर्ने अर्को नेपाली बहिनिको उनलाई याद आयो। त्यो नेपालीलाई पनि संगै लैजाउन भनेर अनुरोध गरे पनि बोसले मानेन् र गाडि हुइक्याए।

हेलिकप्टरको आवाज, पुलिसको साइरन र धुवाँलाई चिर्दै अघि बढेको गाडी रोडमा आउदै गर्दा चारै तिरबाट आगोको मुस्लो देखेर उनको सात्तो गयो। हेर्दा कुनै हलिउड फिल्मको सिन झैँ लाग्ने त्यो पल सम्झेर उनको आङ्ग अझै नि जुरुङ्ग हुन्छ।

” चारै तिर बाट आ’को आगोको मुस्लो देख्दा अब हामि बाँच्दैनौ जस्तो लागेको थियो। कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए भगवानको कृपाले बोस ले जसो तसो गरेर हामीलाई त्यहाँ बाट सुरक्षित निकाले। ” साइप्रस-नेपाल डट कम संगको टेलिफोन संवादमा उनले भनिन्

निकोसियामा बोसको आफन्तको घरमा अहिले आफु सुरक्षित रहेको उनले बताइन।

“घर सबै जलेको छ भन्ने सुनेको छु, मेरो पासपोर्ट, भिसा कार्ड र नेपाल पठाउन राखेको तलब पनि त्यहिँ थियो , के भयो होला थाहा छैन। ज्यान जोगियो त्यहि ठुलो कुरा हो ” उनले भनिन्।

पासपोर्ट साथमा छैन, काम पनि के हुने हो भनेर उनि चिन्तामा छिन्।

बोसको भाइको कृषि फार्ममा काम गर्ने ४ जना इजिप्टसियनले ज्यान गुमाउनु परेको सुन्दा दु:ख मानिन् ।

आफु सुरक्षित भए पछी छिमेकी नेपाली साथीलाई उनले आइतबार बिहान सम्पर्क गरिन्। दोलखा घर भएकी लक्ष्मी श्रेष्ठ, आफू पनि सुरक्षित रहेको तर कहाँ छु भनेर भन्ने थाहा नभएको बताइन्।

“आगलागी भएको थाहा पाएर बाहिर निस्किदा माहोल देखेर बेहोस भएकी रहिछन। कोइ अन्जान व्याक्तिले उद्दार गरेर आफ्नो घर मा लागेको राखेको रहेछ। अहिले उनि सुरक्षित रैछिन। ” फोन मार्फत पुस्पा परियारले साइप्रस नेपाल डट कमलाई जानकारी गराइन् ।

(पुष्पा परियार संगको कुराकानीमा आधारित )

यहाँ क्लिक गरि हेर्नुहोस् साइप्रसको भिषण आगलागी को ५० तस्बिरहरु

शनिवार आगो लागे पछि के के भयो ?

शनिवार दिउसो देखि लागेको आगोले लार्नाका र लिमासोल जिल्लाको सीमामा पर्ने ७ गाउँमा अहिले सम्म ५० घर नष्ट भएको छ भने जङ्गलको ठुलो हिस्सा जलेर नस्ट भएको छ। कृषि फार्ममा काम गर्ने ४ जना इजिप्टसियन कामदारको पनि मृत्यु भएको छ। साइप्रस परराष्ट्र मन्त्रालयले मृतक को परिवार प्रति समवेदना प्रकट गर्दै सहयोगको आश्वासन दिएको छ।

कति क्षति भयो भनि पुर्ण जानकारी आइ सकेको छैन। आगो लिमासोल र लार्नाका सिमा क्षेत्रको करिब ४० वर्ग किलो मिटर एरियामा फैलिएको थियो ।

जमिनी र हवाई दुवै तर्फबाट आगो निभाउने कोसिस जारी छ। साइप्रसले पनि आफ्नो ५ ओटा बिमान प्रयोग गरि रहेको छ। देश को सेना नेशनल गार्डले छ ओटा दमकल र २ अग्नि नियन्त्रक बिमान सो क्षेत्रमा पठाएको छ। जमिनमा ठुलो संख्यामा दमकल र अग्नि नियन्त्रकले प्रयास गरि गरिरहेका छन्।

आगलागी नियन्त्रण गर्न ग्रीसले २ ओटा Canadair CL-415 अग्नि नियन्त्रक विमान र २५ जनाको समुह पनि पठाएको छ। साथै, इजरायलले पनि २ ओटा बिमान पठाएको थियो । ब्रिटिस बेसबाट २ ओटा खोजि तथा उद्दार हेलिकप्टर पनि बचाव कार्यमा संलग्न गरिएको छ।

आइतबार साँझ सम्म आगो नियन्त्रणमा आइ सकेको भए पनि झिल्काहरु उठी रहेकाले थप सावधानी अपनाईएको छ। राष्ट्रपती निकोस अनास्ट्सियादेशले यो आगलागी देशको लागि ठुलो दुर्घटना भएको बताउनु भएको छ।

शनिवार को आगलागीको कारण बनेको आरोपमा लिमासोल सीआइडिले २५ वर्षीय एक युवालाइ पक्राउ गरी अदालत पेश गरेको छ। लिमासोल जिल्ला अदालतले सो युवालाई ५ दिनको हिरासतमा राख्न आदेश दिएको छ।

त्यस्तै, एनआरएनए साइप्रसले पनि एक सूचना जारी गर्दै आगलागी भएको क्षेत्रमा कोहि नेपालीलाई केहि पर्न गएको भए वा अप्ठेरो, समस्या परेको भए गैर आवासीय नेपाली संघ साइप्रस संग यथासिघ्र सम्पर्क गर्न वा जानकारी गराउन अनुरोध गरेको छ।

यो समाचार पनि पढ्नुहोस् : आगलागी स्थानको रातभरि का फोटोहरु

आगलागी नियन्त्रणमा आए पछि को ताजा फोटोहरु यहाँ क्लिक गरि हेर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।