साइप्रस न्युज

साइप्रसको लार्नाकामा आगलागी ले मच्चाएको बितण्डा

शेयर गर्नुहोस्

शनिवार आगो लागे पछि के के भयो  ?

शनिवार दिउसो देखि लागेको आगोले लार्नाका र लिमासोल जिल्लाको सीमामा पर्ने ७ गाउँमा अहिले सम्म ५० घर नष्ट भएको छ भने जङ्गलको ठुलो हिस्सा जलेर नस्ट भएको छ। कृषि फार्ममा काम गर्ने  ४ जना इजिप्टसियन कामदारको पनि मृत्यु भएको छ। साइप्रस परराष्ट्र मन्त्रालयले मृतक को परिवार प्रति समवेदना प्रकट गर्दै सहयोगको आश्वासन दिएको छ।

कति क्षति भयो भनि पुर्ण जानकारी आइ सकेको छैन। आगो लिमासोल र लार्नाका सिमा क्षेत्रको करिब ४० वर्ग किलो मिटर एरियामा फैलिएको थियो ।

जमिनी र हवाई दुवै तर्फबाट आगो निभाउने कोसिस जारी छ। साइप्रसले पनि आफ्नो ५ ओटा बिमान प्रयोग गरि रहेको  छ।  देश को सेना नेशनल गार्डले छ ओटा दमकल र २ अग्नि नियन्त्रक बिमान सो क्षेत्रमा पठाएको छ।  जमिनमा ठुलो संख्यामा  दमकल र अग्नि नियन्त्रकले प्रयास गरि गरिरहेका छन्।

आगलागी नियन्त्रणमा आए पछि को ताजा फोटोहरु: 

 

रात भरि कस्तो देखियो त आगलागी को अवस्था यहाँ क्लिक गरि हेर्नुहोस् 

यो समाचार पनि पढ्नुहोस् : साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद। …

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।