बैदेशिक रोजगारीमा जानेलाई चिनियाँ खोप लगाएर पठाइने
वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोजगारीमा जान चाहनेलाई चीनबाट ल्याइएको कोभिडविरुद्धको खोप दिएर पठाउन लागिएको छ ।
रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरेपछि जान चाहेका कामदारलाई प्राथमिकिकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट खरिद गरी ल्याएको खोप वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ ।
यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खोप दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।
खोप लगाउदा भिसा र पासपोर्टको आधारमा खोप लगाइने मन्त्रालयले जनाएको छ । रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खोप लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोजगारमा जान चाहनेलाई खोप लगाउने भइएको हो ।
हाल खोप लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ ।
तर, अबको खोप कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
आइपुग्यो आठ लाख डाेज खोप,
कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो।
बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए। उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए।
सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन।
अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।
उनले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिए। मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ।
कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ।
नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ।
अमेरिकाले आज १५ लाख डोज खोप नेपाल पठाउँदै
अमेरिकाले नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप आज पठाउने भएको छ। कोभिड-१९ विरुद्ध जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ।
यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप आज अमेरिकाले नेपाललाई खोप पठाउन लागेको हो।
नेपालसँगै अमेरिकाले भुटानलाई पनि काेभिड-१९विरूद्धकाे ५ लाख डोज मोर्डना खोप पठाउने भएको छ।
Pingback: फ़ाइजरको दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्ने फ़ाइजर को भनाइ | Cyprus-Nepal.com