साइप्रस न्युज

साइप्रसमा शनिवार ९६० मा कोरोना संक्रमण पुष्टी, ८३ हजार भन्दा धेरै संक्रमित

शेयर गर्नुहोस्

समिम मियाँ
११  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण तिव्र रुपमा बढे पछि  ‘डार्क रेड’ जोन मा परेको छ। । European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई ‘डार्क रेड’ जोन मा राखेको हो ।

शुक्रबार ८८२  मा संक्रमण पुष्टी भएकोमा  शनिवार  यो संख्या बढेर ९६० पुगेको हो ।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ४० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले १२५  जना भर्ना भएका छन्

यो संगै पोजेटिभिटि दर पनि १.३९   प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले शनिवार दिनभरिको टेस्टको जानकारी दिदै ६९,३१०   नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ९६० जनामा  संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका  मध्य १०५  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ६   जना, व्यक्तिगत रुपमा चेक गराउने मध्य २६३ जना, जनस्वास्थ्य ल्याब बाट १३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत सबै जिल्लामा गरिएको टेस्ट मध्य ५७२  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५७२   बिरामी फेला परेका मध्य निकोसियामा १५८  जना, लार्नकामा ७०  जना, लिमासोलामा १८३   जना, पापोसमा ७०  जना , फामागुस्तामा ९१  जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८३,४२३  जना संक्रमित भै सकेका छन्।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा १२५  जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य ३२  जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

के हो सेफ पास ? 

कोरोना विरुद्दको खोप को कम्तिमा  पहिलो डोज लिएका व्याक्तिको ३ हप्ता बितिसकेको हुनु पर्ने जसको लागि भ्याक्सिन लगाएको सर्टिफिकेट हो।

साथै, बितेको छ महिना मा कोरोना संक्रमण भएको भनि प्रमाणित हुने कागजात र ७२ घण्टा अवधी रहेको  पिसिआर वा र्यापिड टेस्टको नेगेटिभ रिपोर्ट लाई सेफ पास को रुपमा मान्यता दिईएको छ।

यो समाचार पनि पढ्नुहोस् : ११  जुलाइ आइतबार आज कहाँ हुन्छ नि:शुल्क कोरोना टेस्ट ? के हो सेफ पास ? कहाँ कहाँ जाँदा चाहिन्छ ???

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।