साइप्रस न्युज

साइप्रस एकै दिनमा 1,081 पुग्यो कोरोनाको संक्रमण, लकडाउन हुने बारे शुक्रबार निर्णय हुने

शेयर गर्नुहोस्

समिम मियाँ

१४ जुलाई २०२१/ लिमासोल

साइप्रसमा हाल सम्म कै उच्च मा कोरोना पुगेको छ। हिजो मंगलबार एकै दिन मा १,०८१ जनामा कोरोना पुष्टी गर्दै कोभिड-१९ का कारण २ जनाको पनि मृत्यु  स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना को संक्रमण तिव्र रुपमा बढे पछि  साइप्रस डार्क रेड जोन मा परेको छ। ।

European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई ‘डार्क रेड’ जोन मा राखेको हो ।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ४० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले १५९  जना भर्ना भएका छन् जसमध्य ४१ को अवस्था गम्भीर गरेको छ।

यो संगै पोजेटिभिटि दर पनि १.७२  प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले मंगलबार  दिनभरिको टेस्टको जानकारी दिदै ६२,८९८  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा १०८१  जनामा मा संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ६१०  जना मध्य  ७७   जना , पापोस र लार्नाका एयरपोर्ट बाट २१७५  जना मध्य ११  जना, व्यक्तिगत रुपमा चेक गराउने ४२२९   जना मध्य २१६  जना, जनस्वास्थ्य ल्याब बाट १९५   जना मध्य ९   जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका २४२७   जना मध्य ९६   जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६६७   जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६६७   बिरामी फेला परेका मध्य निकोसियामा २१५  जना, लार्नकामा ७७   जना, लिमासोलामा २३९  जना, पापोसमा ६६  जना , फामागुस्तामा ७०  जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८६,१८५  जना संक्रमित भै सकेका छन्।

हिजो मंगलबार  मृत्यु हुनेमा ८६ र ७७ वर्षका वृद्ध रहेका छन्  .कोरोनाको कारण हाल सम्म ३८२ को ज्यान गैसकेको छ।

कोरोना को संक्रमण बढे पछि सरकार नि झस्किएको छ।  कोरोना नियन्त्रण गर्न फेरी लकडाउन लगाउने कि विभिन्न प्रतिबन्ध लगाउने बारे शुक्रबार बस्ने मंत्री परिसद को बैठकले निर्णय गर्ने छ।  राष्ट्रपती निकोस अनास्टसियादेशले  अध्यक्षता गर्ने सो बैठक आज बस्ने भनिए पनि स्थगित गर्दै पर्सि शुक्रबार को लागी तय गरिएको हो।

मिडिया रिपोर्ट का अनुसार लकदाउन हुने कम सम्भावना रहेको तर सिमित स्थान वा “हट स्पट ” क्षेत्र मा निश्चित समय को लागि निषेधाज्ञा लागु हुन सक्ने सम्भावना छ।

हाल सम्म ५७.४ % जनसंख्यालाई कोरोना विरुद्दको पूर्ण खोप लगाई सकिएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

यो समाचार पनि पढ्नुहोस् : पापोसमा नेपाली महिलालाई अपहर*ण गरि लुटपाट

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रस एकै दिनमा 1,081 पुग्यो कोरोनाको संक्रमण, लकडाउन हुने बारे शुक्रबार निर्णय हुने

Comments are closed.