देश विदेश

वैदेशिक रोजगारमा जानेलाई पनि जोन्सनको खोप

शेयर गर्नुहोस्

असार ३०, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र काट्दै अनुरोध गरेको छ ।

श्रम सचिव स्तरीय निर्णय गर्दै विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न आवश्यक प्रवन्ध गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको छ ।

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सनको खोप दिने निर्णय गरेको थियो ।

शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको वैदेशिक रोजगार व्यवसायी र विदेश जाने श्रमिकहरुले आलोचना गर्दै आएका थिए ।

सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच , नेपालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण समेत गरेको थियो ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् ।

त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् ।

साथै श्रम स्वीकृत गरेको प्रमाण र राहदानी सहित तोकिएको जोन्सन एण्ड जोन्सन खोप केन्द्र वा स्वास्थ मन्त्रालयले तोकेको केन्द्र बाट खोप प्राप्त गर्न सकिने जनाइको छ ।

यो पनि पढ्नुहोस् : साइप्रस एकै दिनमा 1,081 पुग्यो कोरोनाको संक्रमण, लकडाउन हुने बारे शुक्रबार निर्णय हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “वैदेशिक रोजगारमा जानेलाई पनि जोन्सनको खोप

Comments are closed.