साइप्रस न्युज

झन् बड्दै कोरोना, हिजो 1152 मा संक्रमण पुष्ठि

शेयर गर्नुहोस्

समिम मियाँ
१६ जुलाई २०२१/ लिमासोल
साइप्रसमा महामारी सुरु भए देखि  कै उच्च मा कोरोना पुगेको छ। बुधबार एकै दिन मा १,१२० जनामा देखिएको कोरोनाले हिजो नयाँ रेकर्ड बनाउदै १,१५२ जनामा कोरोना पुष्टी भएको हो।

कोरोना को संक्रमण तिव्र रुपमा बढे पछि  साइप्रस डार्क रेड जोन मै छ।

यो संगै पोजेटिभिटि दर पनि बढेको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार  दिनभरिको टेस्टको जानकारी दिदै ६७,२०५  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा १,१५२  जनामा मा संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ६७५  जना मध्य ८१  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३२०१  जना मध्य ५  जना, व्यक्तिगत रुपमा चेक गराउने ५५२१  जना मध्य २९१ जना, जनस्वास्थ्य ल्याब बाट ३५०  जना मध्य ३६  जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १९२७ जना मध्य ६०  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६७८ जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत भेटिएका मध्य निकोसियामा 0.87%, लार्नकामा 1.56% , लिमासोलामा 1.83%, पापोसमा 0.96% , फामागुस्तामा 1.25% पोजेटिभिटि रेट देखिएको छ।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८८,४५७   जना संक्रमित भै सकेका छन्।

कोरोनाको कारण हाल सम्म ३८३  को ज्यान गैसकेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हस्पिटल मा अहिले १८१ जना भर्नारत छन् जसमध्य ४८ को अवस्था गम्भीर रहेको छ।

कोरोना बढे पछि झस्कियो सरकार ,

लकडाउन गरेर खोप अभियानलाई तीव्रता दिनु पर्ने महामारीविज्ञको सुझाव
कोरोना को संक्रमण बढे पछि सरकार नि झस्किएको छ।  कोरोना नियन्त्रण गर्न फेरी लकडाउन लगाउने कि विभिन्न प्रतिबन्ध लगाउने बारे शुक्रबार बस्ने मंत्री परिसद को बैठकले निर्णय गर्ने छ।  राष्ट्रपती निकोस अनास्टसियादेशले  अध्यक्षता गर्ने सो बैठक आज बस्ने भनिए पनि स्थगित गर्दै शुक्रबार को लागी तय गरिएको हो।

कोरोना भाइरसको महामारी सुरु भए देखि यता कै सबै भन्दा धेरै कोभिड-१९ का बिरामी फेला परे पछि नव स्वास्थ्य मंत्री मिखालिस हाड्जीपेनतालिस ले वैज्ञानिक र महामारी विशेषज्ञको टीम  संग आज छलफल गर्नु भएको छ।

वैज्ञानिक र महामारी विशेषज्ञको टीमले कोरोना महामारीको अवस्था बारे ‘ब्रिफिंग’ गर्दै संक्रमण रोक्न  अपनाउनु पर्ने उपाय बारे बताएको थियो।

मन्त्रीपरिषदको बैठकमा महामारीलाई अझ प्रभावकारी ढंगले रोक्न सकिने बारे र सम्भावित निषेधाज्ञा बारे पनि छलफल हुने छ।

बुधबार मिडिया संग कुरा गर्दै महामारी विशेषज्ञ मिखालिस भोन्याटिसले फेरी लकडाउन हुने सम्भावना तर्फ संकेत गर्नु भयो। लकडाउन गरेर दैनिक नयाँ संक्रमणलाई कम गर्न सकिए पनि अहिले जनसंख्याको ठुलो हिस्सामा खोप लगाउनु  पर्ने उहाँको तर्क थियो।

लकडाउन गरेर बन्द गर्ने  केहि समय पछी खोलेर यो समस्या हल नहुने बताउदै लकडाउन गरेर  तिव्र रुपमा  साथ खोप अभियान चलाए मात्र प्रभावकारी हुने बताउनु भयो।

“यदि हामीले खोप लिन जारी राखेनौ भने गतिविधी पुन: बढ्छ र संक्रमण पनि संगै वृद्धि हुन्छ।” उहाँले भन्नु भयो।

भोन्याटिस को रायमा संक्रमण कम गर्न साइप्रस को जनसंख्याको कम्तिमा ८० देखि ८५ प्रतिशत ले खोप लगाउनु पर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म ६७.५ प्रतिशत जनसंख्याले पहिलो डोज को खोप  छन् भने ५७.५ प्रतिशत जनसंख्याले पुर्ण   खोप लगाई सकेका छन्।

यो गर्मियाममा थप २० % जनसंख्यालाई खोप लगाउन सफल भए जाडोयाम मा हुने संक्रमण लाइ न्यूनीकरण गर्न सकिने महामारी विशेषज्ञ मिखालिस भोन्याटिसको दावी छ।

हस्पिटलमा भर्ना भएका बिरामी को संख्यामा धेरै युवा रहेको र आइसीयु मा बस्नु पर्ने  देखिएको वृद्धि प्रति चिन्ता व्यक्त गर्दै विशेषज्ञ भोन्याटिसले यो महामारीको झन्झट बाट बच्न , आफु, आफ्नाका लागि र सबैका लागि खोप अभियान मा सहभागी हुनु पर्ने बताए।

कोरोना को डेल्टा भेरिएण्ट का कारण संक्रमण बढेको अनुमान गरीए पनि व्याक्तिगत लापरवाही र स्वास्थ्य मापदण्ड पालना नगरिदा संक्रमण बढेको भेटिएको छ।

अगस्त १ देखि निशुल्क कोरोना टेस्ट बन्द गरिने बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “झन् बड्दै कोरोना, हिजो 1152 मा संक्रमण पुष्ठि

Leave a Reply

Your email address will not be published. Required fields are marked *