प्रविधी

सामाजिक सञ्जालमार्फत यसरी चोरिदैँछ तपाईंको डेटा

शेयर गर्नुहोस्

सामाजिक सञ्जालमा तपाईंले आफ्ना व्यक्तिगत विवरण कत्तिको शेयर गर्नुहुन्छ ? नाम, ठेगाना, उमेर, जागिर, वैवाहिक सम्बन्ध लगायतका सामान्य विवरण त शेयर गर्ने गर्नुभएकै होला ।

तर तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंका यस्ता सामान्य लाग्ने व्यक्तिगत विवरण ह्याकरहरूले अनलाइन मार्फत साइबर अपराधमा प्रयोग गर्न महँगो मूल्यमा बेचिरहेका हुन्छन् ।

गत महिना आफूलाई टम लिनर बताउने ह्याकरले आफ्नो रमाइलोको नाममा यस्तै गरेका थिए । आफ्नो रमाइलोको नाममा उनले लिंक्डइनको विश्वभरका ७० करोड प्रयोगकर्ताको डाटाबेस ह्याक गरेर करिब पाँच हजार अमेरिकी डलर अर्थात पाँच लाख ९६ हजार रुपैयाँमा बेचेको बताइएको छ ।

यस्ता थुप्रै घटनाको विषयमा हामी राम्रैसँग जानकार छौं । यस्ता घटनाले हामीले हाम्रो प्रोफाइलमा शेयर गरेका व्यक्तिगत विवरणलाई कसरी सुरक्षित राख्ने भन्ने बहस हुने गरेको छ ।

बीबीसीसँगको कुराकानीमा लिनरले डेटा किन्ने समूहले अन्य कुनै ह्याकिङ प्रयाेजनका लागि यसकाे प्रयोग गर्नसक्ने बताएका छन् ।

यस घटनाले आफ्नो व्यक्तिगत विवरण सामाजिक सञ्जालमा राख्ने कि नराख्ने भन्ने विषयमा गम्भीर प्रश्न उठाएको छ । ह्याकरले यी डेटा कुनै वेबसाइट वा सामाजिक सञ्जालको सर्भर ब्रेक गरेर लिएको होइन ।

यो त सामान्य रुपमा प्रयोगकर्ताले नै सार्वजनिक रुपमा राखेका डेटा संकलन गरिएर डाटाबेस बनाइएको हो । हामी आफैंले पनि एक-एक गरेर सार्वजनिक रुपमा राखिएका सामान्य डेटा संकलन गरेर एउटा डाटाबेस बनाउन सक्छौं ।

तर यति ठूलो डाटावेसका लागि भने हामीलाई प्रोग्रामिङकाे आवश्यकता पर्छ, जुन ह्याकरले प्रयोग गरेर यो डाटावेस तयार गरेका छन् । यो वर्षमात्र यस्ता तीनवटा ठूला ह्याकिङ भएका छन् ।

अप्रिल महिनामा ह्याकरले लिंक्डइनको करिब ५० करोड रेकर्ड ह्याक गरेको थिए भने सोही महिनामा क्लबहाउसको १३ लाख प्रयोगकर्ताको विवरण सार्वजनिक भएका थियाे ।

आफूलाई टम लिनर बताउँदै सोही महिनामा ह्याकरले ५३ करोड तीन लाख प्रयोगकर्ताको विवरण लिक गरेका थिए । त्यतिबेला पनि ह्याकरले बीबीसीसँग कुराकानी गर्दै आफू फोनमा बोल्न नसक्ने र ह्याकिङ उनको रुचि भएकाले उनले यसरी ह्याकिङ गरेको बताएका थिए ।

उनले जसरी लिंक्डइनको डेटा ह्याक गरेका थिए, त्यसरी नै फेसबुकको डेटा पनि ह्याक गरेको उनले बताए । धेरै महिनाको प्रयासपछि उनले यो डेटा संकलन गरेको बताएका थिए । लिंक्डइनको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस ह्याक गरेर उनले सो डेटा संकलन गरेका थिए ।

यो समाचार पनि पढ्नुहोस् : कुन मोबाइल एपले तपाइका के-के व्यक्तिगत सूचना लिन्छन ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।