साइप्रस न्युज

साइप्रसमा बिहिबार ४ को मृत्यु, १०४६ मा कोरोना पोजेटिभ

शेयर गर्नुहोस्
समिम मियाँ
२२ जुलाई २०२१/ लिमासोल

कोरोना संक्रमणका कारण बिहिबार ४ जनाको मृत्यु भएको छ भने १,०४६  मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  बिहिबार दिनभरी गरिएको ८९,१८८  कोरोना टेस्ट मध्य बाट १,०४६   मा संक्रमण भेटिएको हो। यो संगै पोजेटिभिटि रेट १.१७ प्रतिशत भएको छ।

अहिले हस्पिटल मा २६४   जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्। यी मध्य  ९१ % बिरामी ले कोरोना को खोप लगाएका छैनन्।

यी बिरामी मध्य ६८   जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म ९५,३०७   जनामा कोरोना संक्रमण भै सकेको छ।

यो समाचार पनि पढ्नुहोस् : शुक्रबार यी स्थान मा हुदैछ निशुल्क कोरोना टेस्ट 

कन्ट्याक्ट ट्रेसिंगमा परेका ५२३   जना मध्य ६६   जना , पापोस र लार्नाका एयरपोर्ट बाट २९९६   जना मध्य ९  जना, व्यक्तिगत रुपमा चेक गराउने ४४३२  जना मध्य २५१  जना,  २६७  मध्य २१  जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका३ २३१४   जना मध्य ६३   जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ७८५७६ मध्य  ६३६  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६३६   बिरामी फेला परेका मध्य निकोसियामा १८७  जना, लार्नकामा १०९   जना, लिमासोलामा १५५   जना, पापोसमा ७७ जना , फामागुस्तामा ५०   जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण निकोसियामा रहेको देखिएको छ।

संक्रमण बढे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने ९० % बिरामी खोप नलगायका बिरामी हुन्।

अहिले सम्म 511,744 जनाले पहिलो डोज को खोप लगाई सकेका छन् भने 434,326 जनाले दोस्रो डोज को खोप लगाई सकेका छन्।

यो समाचार पनि पढ्नुहोस् : कुवेतमा नेपालीले गरिन आत्महत्या, अर्का नेपालीको हृदयघातका कारण मृत्यु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।