साइप्रस न्युज

‘टिम युरोप’ ले गरिब राष्ट्रलाई दुई सय मिलियन डोज खोप दिने

शेयर गर्नुहोस्

टिम युरोपले गरिब राष्ट्रहरूलाई दुई सय मिलियन डोज कोरोनाविरुद्ध खोप दिने घोषणा गरेको छ ।

इटालीको रोममा भएको विश्व स्वास्थ्य सम्मेलनमा युरोपियन आयोग (इयू) की अध्यक्ष वोन डेर लेयेनले अविकसित र विकासोन्मुख देशका लागि २ सय मिलियन डोज २०२१ को अन्त्यसम्ममा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोभ्याक्ससँगको समन्वयमा ‘टिम युरोप’ले गरिब राष्ट्रहरूलाई खोप दिन लागेको हो । इयूका सदस्य राष्ट्रलगायत युरोपियन डेभलपमेन्ट बैंकहरू मिलेर टिम युरोप बनाइएको हो ।

अध्यक्ष वोनले भनेकी छन्, ‘टिम युरोपले विश्वलाई कोभिडसँग लड्न उत्तरदायी भूमिका खेल्नेछ । कोभिडसँग लड्ने खोेप नै एकमात्र उपाय हो । त्यसैले विश्वव्यापी रूपमा खोपको पहुँच सुनिश्चित गर्न आवश्यक छ ।

२०२१ को अन्त्यसम्ममा हामी निम्न र मध्यम आय भएका देशहरूमा कोभिड-१९ विरुद्धको २ सय मिलियन डोज खोप उपलब्ध गराउँछौँ ।’

कोभ्याक्समार्फत् १ सय ३६ देशले १ सय २२ मिलियन डोज खोप पाइसकेका छन् ।

कोभ्याक्ससँगै टिम युरोपले पनि खोपको पहुँच र उत्पादन वृद्धि गर्न यो पहल सुरु गरेको हो । उसको पहलले अफ्रिकामा स्थानीय खोप उत्पादनका लागि उपयुक्त शर्तहरू निर्माण पनि गर्नेछ ।

समर्थन प्राप्त युरोपियन संघको बजेट र युरोपियन विकास वित्तीय संस्थाबाट एक अर्ब डलर लगानी गरी खोपको पहुँच सुनिश्चित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष वोनले उक्त जी-२० सम्मेलनले विश्व स्वास्थ्य नीतिमा नौलो अध्यायको सुरुवात भएको घोषणा गरेकी छिन् । कोभ्याक्समार्फत् इयूले नेपालमा हालसम्म ३ लाख ४८ हजार डोज खोप ७ मार्चमा उपलब्ध गराइसकेको छ ।

नेपालले कति मात्रा खोप पाउँछ भन्ने उल्लेख गरिएको छैन ।

 यो समाचार पनि पढ्नुहोस : कहाँ कहाँ जान चाहिन्छ सेफ पास ? के हो यो सेफ पास भनेको ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।