साइप्रस न्युज

शनिवार ३ जनाको मृत्यु, ७८९ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
२४  जुलाई २०२१/लिमासोल

पछिल्लो २४ घन्टामा  साइप्रस भरि थप ७८९  जनामा कोरोना संक्रमण पुष्टी भएको छ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देश भर  ७४१९८  टेस्ट गरिएको छ जस अनुसार पोजेटिभिटि रेट घटेर १.०६  प्रतिशत भएको छ।

पछिल्लो ३ दिन मा संक्रमण कम भएको हो।  यस अघि दैनिक एक हजार माथि संक्रमण देखीरहेको थियो भने कोभिड का कारण दैनिक ज्यान गइरहेको थियो। आज भने ३ जना ले कोरोना संक्रमण का कारण ज्यान गुमाएका छन् ।

यता, देश भरिका हस्पिटल मा कोरोना,का बिरामी दैनिक बढ्दो अवस्थामा छ।  ८८  प्रतिशत बिरामीहरु कोभिड खोप नलगाएका व्याक्ति हुन्।  स्वास्थ्य मन्त्रालयले कोभिडका बिरामी बढेको मा चिन्ता व्यक्त गरेको छ।

आज को ताजा विवरण अनुसार २५९ जना हस्पिटलमा भर्ना भएका छन् जसमध्य ६९ को अवस्था गम्भीर रहेको छ।  ६९ मध्य केहि आइसियु , एचडियु र भेन्टिलेटर मा रहेका छन्। हाल सम्म ४०१ जनाको मृत्यु भएको   छ।

सरकारले कोभिड खोप लगाउन सबै संग अनुरोध गरेको छ।  नागरिक को सहजता को लागि  गेसी मा दर्ता भएका व्याक्तिका लागि ‘वाक इन ” भ्याक्सिन सेन्टर पनि खुल्ला गरेको छ जहाँ कुनै अपोइन्त्मेत बिना सिधै गएर खोप लगाउन पाइन्छ।

वाक इन भ्याक्सिन सेन्टर बाट ८ दिन मा करिब ६ हजार जानले कोभिड खोप लगाई सकेका छन् भने देश भरि मा ६३.२ % ले पूर्ण खोप लगाई सकेको जानकारी स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयले ७२ % ले एक डोज खोप लगाई सकिएको जानकरी दिएको छ।

केहि समय पछि  गेसी मा दर्ता नभएका  व्याक्तिका लागि पनि ‘वाक इन” भ्याक्सिन सेन्टर खुल्ला गरिने बताइएको छ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ४५  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ८ जना, व्यक्तिगत रुपमा चेक गराउने  मध्य १५८ जना र २१  जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका मध्य २६ जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५७६  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५७६ जना बिरामी फेला परेका मध्य निकोसियामा १९४  जना, लार्नकामा १०९ जना, लिमासोलामा १५५ जना, पापोसमा ६८ जना , फामागुस्तामा ४९ जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण निकोसियामा रहेको देखिएको छ।

गत वर्ष देखि हाल सम्म ९६,९९१ मा कोरोना संक्रमण भै सकेको छ।

यो समाचार पनि काम लाग्न सक्छ पढ्नुहोस् : आइतबार  कहाँ हुन्छ नि:शुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।