साइप्रस न्युज

लिमसोलमा सेफपास देखाउन नमान्ने ग्राहकले चक्कु हानेर भागे

शेयर गर्नुहोस्

२९ जुलाई २०२१/ लिमासोल 

लिमासोलको  जर्मोसोया अवस्थित एक रेस्टुरेन्टमा आएका ग्राहकले खाना ‘टेक अवे” गर्न अर्डर दिएर रेस्टुरेन्ट बाहिर को टेबलमा पर्खेर बसे। टेबलमा बसेको देखेर रेस्टुरेन्ट मालिक ले ग्राहक संग सेफपास देखाउन भने।

ग्राहक ले सेफपास देखाउन मानेनन्।  सेफपास नदेखाए पछि  रेस्टुरेन्ट साहुले उनलाई रेस्टुरेन्ट बाहिर बस्न भने।  यहि विसयमा विवाद भयो र रिसाएका ग्राहकले टेबुलमा रहेको चक्कु हानेर भागे। रेस्टुरेन्ट साहुको देब्रे हात मा चोट लाग्यो।

यो घटना गत शुक्रबारको हो। घटना स्थलको सिसिटिभी फुटेज  र प्रत्यक्ष्यदर्शी बाट  प्रहरी ले अनुसन्धान सुरु गरेको छ। रेस्टुरेन्ट साहुको लिमासोल जेनेरल हस्पिटलमा उपचार गरिएको छ।

सेफपास लागु गराउने विषय महामारीको अवस्थामा विवादित रह्यो। सेफपास विरुद्ध कयौ पटक बिरोध प्रदर्शन भए भने हिंसात्मक घटना पनि  घट्यो।

यो नियम अनुसार १२ वर्ष माथिकाले कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट वा कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको  नेगेटिभ रिपोर्ट वा  गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ देखाउनु पर्ने हुन्छ।

साथै, युरोपियन युनियन ले जारी गरेको कोभिड सर्टिफिकेट  पनि सेफपास को रुपमा प्रयोग गर्न सकिन्छ।  टुरिस्टको हक मा भने साइप्रस आउदा अनिवार्य भर्नु पर्ने साइप्रस फ्लाइट पास ले पनि सेफपास को काम गर्ने बताइएको छ।

यो पनि पढ्नुहोस् है  : सेफपास बारे नयाँ नियम आउने सक्ने, झन् कडाइ गर्ने संकेत

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।