साइप्रस न्युज

ओभेन जस्तै तात्यो साइप्रस, आज ४४ डिग्री पुग्ने, warning जारी

शेयर गर्नुहोस्
समिम मियाँ
४ अगस्ट २०२१ / लिमासोल

यो सिजन को गर्मि अहिले आफ्नो चरम मा पुदैछ जसले साईप्रसलाई ओभेन जस्तै बनाएको छ।  केहि दिन देखि को बढ्दो तापक्रम र ह्युमिडिटि ले जनजीवन प्रभावित पारेको छ।  खास गरि निकोसिया आसपासका क्षेत्रमा गर्मि को प्रभाव देख्न सकिन्छ।  आज पनि अत्याधिक गर्मि हुने मौसम विभाग ले जनाएको छ।

तापक्रम बढेर ४४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गर्दै विभाग ले सतर्कता चिन्ह “ओरेन्ज ” जारी गरेको छ।  आज आकाश सफा रहे पनि दक्षिणी समुन्द्र तटीय क्षेत्रमा तेज हावा चल्ने बताइएको छ।

दिउँसो १ बजे देखि बेलुकी ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको छ।

आज उत्तरी क्षेत्रमा तापक्रम ३९, पूर्वी र दक्षिणपूर्वी समुन्द्र तटीय क्षेत्रमा ३७, उच्च पहाडी क्षेत्रमा ३५ डिग्री सेल्सियस पुग्ने बताइएको छ।

साँझ पख तापक्रम २६ डिग्री सेल्सियस सम्म झर्ने छ भने उच्च पहाडी क्षेत्रमा २१  डिग्री सेल्सियस पुग्नेछ।

बिहिबार र शुक्रबार पनि यस्तै गर्मि रही रहनेछ भने साँझ भने बादल लाग्ने अनुमान छ। शनिवार भने पहाडि इलाकामा वर्षा हुने अनुमान गर्दै आइतबार बाट भने तापक्रममा केहि गिरावट आउनेछ।

यो पनि पढ्नुहोस् : गर्मीमा शरीरलाई शितल राख्न के-के खाँदा राम्रो हुन्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “ओभेन जस्तै तात्यो साइप्रस, आज ४४ डिग्री पुग्ने, warning जारी

Comments are closed.