देश विदेश

ग्रीसको जंगलमा अनियन्त्रित फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन, २ को मृत्यु

शेयर गर्नुहोस्

समिम मियाँ 

७ अगस्ट २०२१/ लिमासोल 

ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको डढेलो पाँचौ  दिन पनि नियन्त्रण मा आउन सकेको छैन।  आगलागीका कारण ग्रीसमा  दुई जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुने दुईजना मध्ये अग्नि नियन्त्रक एक हुन्।  अन्य थप २० जना घाइते भएका छन् ।

आगो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको छ। अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोसको पनि मृत्यु भएको बताइएको छ ।

उनी आगो बलिरहेको क्षेत्र नजिकैको एक कारखानामा अचेत अवस्थामा भेटिएका थिए।

राजधानी शहर एथेन्सबाट उत्तरीतर्फ पर्ने क्षेत्रमा ठूलो रुपमा धुवाँको मुस्लो देखिन्छ। तेज हावा चलेका कारण आगोले झन् उग्र बनेका कारण थुप्रै गाउँका मानिसहरु आगलागीका कारण घर छाडेका छन्।

ग्रीसको आपातकालीन सेवकहरु अहिले अनियन्त्रित आगोलाई अन्य शहर र गाउँमा पुग्न रोक्ने कोसिसमा छन्।  स्थानिय र स्वयंसेवकहरुले आफ्नो घर र घरपालुवा चौपाया र जनावर बचाउन सक्दो कोसीस गरिरहेको स्थानीय मिडियाले समाचार छापेका छन्।

अनिश्चित वायुका कारण आगो तीव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन्। अहिले ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।

इभिया टापुमा पनि आगोको मुस्लो देखिन्छ। प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ।

युरोपका अन्य मुलुक जस्तै ग्रीसले पनि यो पटक अत्यनतै गर्मि खेपिरहेको छ।  एक हप्ता लामो  चलेको लु (हिट वेभ) पछिल्लो ३० वर्ष यता कै उच्च गर्मि भएको अधिकारीहरुले बताएका छन्

आगलागी भएको केहि स्थान मा आगो समुन्द्र तट सम्म आइपुगेका कारण स्थानीय बासि र पर्यटकलाई माछा मार्ने डुङ्गा बाट उद्दार गरिएको छ।

इलिया क्षेत्र वरपरका गाउँमा आगो लागि रहेको छ।  गाउँका धर्मगुरु का अनुसार एक हेलिकप्टर बाहेक अरु केहि मदद आएको छैन।

यदपि १५०० भन्दा बढी अग्नि नियन्त्रक र सयौ को संख्यामा दमकल, पानि ट्याङ्कर, हेलिकप्टर, अग्नि नियन्त्रक विमान, सिभिल डिफेन्स र प्रहरी आगो नियन्त्रण गर्न परिचालित छन्।  साइप्रसले पनि २ दमकल सहित ४० जनाको टिम पठाएको छ।

केहि स्थानमा डढेको नियन्त्रणमा आएको छ भने अझै केहि स्थानमा नियन्त्रण बाहिर रहेको छ। अधिकारीहरुका अनुसार आगलागीका कारण देश भरका पाँच लाख हेक्टर क्षेत्रफल पुरै खरानी भएको अनुमान गरिएको छ।

अगस्ट महिना एक डरलाग्दो सपना बन्न सक्ने चेतावनी त्यहाका एक प्रोफेसरले बताएका छन्।  आगोले आफ्नो बाटो मा आउने सबै लाई खरानी बनाएको छ भने कति क्षति भयो अनुमान गरिएको छैन।

यो पनि पढ्नुहोस् :  हेर्नुहोस, ग्रीस आगलागीका 10 फोटोहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।