साइप्रस न्युज

के हो एनआरएनए साइप्रसको विवाद, किन तानियो विवादमा ?

शेयर गर्नुहोस्
१४ अगस्ट २०२१ / 

गैर-आवाशीय नेपाली संघ साइप्रसको  निर्वाचन र नव निर्वाचित कार्यसमिति विवादमा तानिएको छ। गत अगष्ट २ देखि ४ तारिख सम्म भएको अनलाइन भोटिंगमा अध्यक्ष का २ जना उम्मेद्वार र ७ जना कार्यसमिति सदस्यका लागी १४ जनाको उम्मेद्वारी परेको थियो।

जसमध्य कुन्दन कार्की २४० मतले अध्यक्षमा निर्वाचित भए भने अर्की उम्मेद्वार ९२ मत मै सिमित हुनु पर्र्यो।

उपाध्य्यक्ष, महासचिव,कोषाध्यक्ष, सह कोषाध्यक्ष, युवा संयोजक र महिला प्रतिनिधि भने निर्विरोध भै सकेका थिए  भने सचिव पद मा कुनै उम्मेवारी परेको थिएन। आइसिसी सदस्यमा सुबाश मल्ल पनि निर्बिरोध निर्बाचित भए।

निर्वाचन सार्नुको कारण

१८ जुलाई को लागि तय भएको एनआरएन साइप्रसको अधिवेशन अन्तिम समयमा सर्यो।  सहमतीय वातावरण बनाउनका निम्ति प्रयाप्त समय अभाव, निर्वाचन समिति र कार्यसमिति बीच प्राविधिक, नीतिगत र प्रक्रियागत विषयमा असमझदारी भएका कारण देखाई निर्वाचन लाई अगस्ट १ तारिख को लागि तय गरियो। तर त्यो मिति मा पनि अनलाइन भोटिंग गर्नु पर्ने भएकाले  प्राविधिक समस्या देखाएर अगस्ट २ र ३ लाई पुन: सर्यो।

१८ जुलाई मा हुनु पर्ने निर्वाचनमा उम्मेवार बीच सहमति जुटाउन नसके पछि निर्वाचन सरेको हो।

नेपाली  जनसम्पर्क समितिले आफ्नो कार्यकर्ता मात्र घुसाउन खोजेको भनेर आरोप लगाउदै अन्य सामाजिक संस्थाले पनि विभिन्न पद मागे पछि निर्वाचन समितिले सहमति जुटाउन नसकेर निर्वाचन सारेको हो।

अध्यक्षका उम्मेद्वारमध्यका एक किष्मत पौडेललाई वरिष्ठ उपाध्यक्षमा राख्ने सहमति भयो भने अर्का उम्मेद्वार भुवन आचार्यले भने कुन्दन कार्कीलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिए।

अध्यक्षका उम्मेद्वार कुन्दन कार्की र सरस्वति खनाल मा भने सहमति जुट्न नसके पछि चुनाव भएको हो।

निर्वाचन मा धाँधलीको आरोप, उजुरी र छानबिन माग

गैर आवासीय नेपाली संघ साईप्रसको सम्पन्न अधिवेशनको मत परिणाम प्रति असन्तुष्ट  पक्षले निर्वाचन मा धाँधली भएको आरोप लगाएका छन्।

निर्वाचन समितिका संयोजक, आईसिसि प्रतिनिधि समेत साईप्रसमा नरहेको , निर्वाचन प्रमुखले कुनै सबै उम्मेद्वारहरुसगं छलफल नै नगरि निर्वाचन सारेको, एउटै डिभाइसबाट धेरै पटक भोट दिइएको, निर्वाचन परिवेक्षण गर्न प्रतिनिधि राख्न नदिएको, अध्यक्षका उम्मेद्वार कुन्दन कार्कीलाई मात्र निर्वाचन वेबसाइटको “एडमिन राइट्स ” दिइएको, अन्तिम समय सम्म निर्वाचनमा भोटिंग गर्ने सफ्टवेर र तरिका बारे उम्मेद्वार समेत थाहा नदिएको र हारे पनि जित पनि आएको परिणामलाई स्वीकार गर्छु भनेर लिखित रुपमा निर्वाचन समितिले माग गरेको लगायत का थुप्रै आधार रहेकोले निर्वाचन मा धाँधली  भएको भनि उम्मेद्वारहरुले आरोप लगाएका छन्।

अध्यक्ष कुन्दन कार्कीले निर्वाचन वेभसाइटको “एडमिन राइट्स ” आफु संग रहको आरोप को खण्डन गर्दै सबै जिम्मा सम्बन्धित कम्पनिलाई नै दिएकोले आफु लगायत निर्वाचन कमिटि संग पनि सो “राइट्स ” नभएको बताए।

आफ्नो इमेल ठेगाना देखाइएको निर्वाचन वेबसाइटको स्क्रिन सट हरु निर्वाचनको नभई “डेमो” को लागि आएको बेला को भएकोले भ्रममा नपर्न आग्रह गरे।

उम्मेद्वारहरु ले भोटर संग अनलाइन भोटिङ्ग को लागि आवश्यक पर्ने आइडि र पासवर्ड मागेको म्यासेज को स्क्रिन सट पनि सामाजिक संजालमा देखिएकोले भोटरको इच्छा बिपरित मत हालिएको देखिएको छ भने केहिले मत हाल्न सहयोग गरिदिन भनि आइडि पासवर्ड दिएको देखिएको छ।

अध्यक्ष पदमा भिडेका कुन्दन कार्की र सरस्वती खनाल दुवैले भोट पुन: गन्नु परे वा डिभाइस अनुसार को भोट गन्नु पर्ने भए पनि आफुहरु तयार रहेको बताए।

९२ भोटमा मात्र सिमित हुनु परेकी सरस्वती खनालले निर्वाचनको नतिजा प्रति पुर्ण असन्तुस्टि जनाउदै छानबिन हुनु पर्ने माग राखेकी छिन्।

जागौ नेपाल राष्ट्रिय प्रवास शाखा साईप्रसले आफु संग रहेका धाधलीका प्रमाण सम्बन्धित निकायमा बुझाएको प्रेस विज्ञप्ति मार्फत बताएको छ।   साथै, सात संस्थाले पनि   उजुरीको सत्यतथ्य पत्ता लगाउन र  छिटोभन्दा छिटो छानबिन गरि काम कार्वाही गर्न अनुरोध गरेको छ।

यता, निर्वाचन समितिमा मतदान बारे उजुरी दिंदा पनि सुनुवाई छानबिन नभएकोले निर्वाचन समिति कै भूमिका माथि पनि शंका गरिएको छ। निर्वाचन समिति ले उम्मेद्वारीको  प्रक्रिया देखि नै त्रुटी र कमजोरी गरेको देखिएको छ।

निवर्तमान कार्यसमिति, नवनिर्वाचित कार्यसमिति र सपथ ग्रहण 

नव निर्वाचित कार्यसमितिको अगस्ट १२ मा सपथ ग्रहण कार्यक्रम बारे निवर्तमान कार्यसमितिले एक सुचना जारी गर्दै आफुहरुलाई यो बारे कहिँ कतै बाट सुचना नआएको साथै असतुष्ट पक्षहरुबाट परेको रिट निबेदन प्रति सम्बोधन नभएसम्म एक तर्फि कार्यक्रमको मान्यता नरहने बताएको थियो।

साथै, निर्बाचन प्रकृयामा चर्को धाँधली र अपारदर्शिता गरिएको ठहर गर्दै असतुंष्ट पक्षले हालेको रिट निबेदन प्रति निर्बाचन संयोजकबाट स-सम्मान सम्बोधन नगरिए सम्म नयाँ कार्य समितिलाई पद हस्तातंरण नगरिने आधिकारिक सुचना जारी भए पछि अन्योलता पैदा भयो।

नवनिर्वाचित कार्यसमितिले भने निर्वाचन समितिले तय गरेको कार्यक्रममा आफु उपस्थित भएको बताउदै निर्वाचन समिति, आइसिसि अधिवेशन परिवेक्षक, युरोप संयोजक र विभिन्न संघसंस्थाको रहोबरमा विधान अनुसार नै सपथ ग्रहण गरिएको बताएको छ।

पुरानो कार्यसमितिलाई जानकारी गराएरै विधान अनुसार नै सपथ ग्रहण गरिएको दावी गरीए पनि निवर्तमान कार्यसमितिले भने अर्को सुचना जारी गर्दैनेपाली काग्रेस समर्थित कार्यकर्ताहरु संग जुम मिटिगं गरेर सपथ ग्रहण गर्नु एक स्वतन्त्र संस्थालाई कुनै राजनिति पार्टीको भातृ संगठन बनाउन खोज्नु एनआरएनएको विधान विपरित भएको छ “ बताएको छ।  

एनआरएनए विश्व सम्मेलनमा प्रतिनिधि पठाउने हतारो नयाँ कार्यसमितिलाई छ भने कुन डिभाइस बाट कति भोट गयो यसको विवरण सार्वजनिक गर्दै असतुंष्ट पक्षको माग सुनुवाई नभए सम्म पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण नगर्ने पक्षमा  छ।

३६०  जना पार्षद सदस्य मध्य अधिकांसले  सपथ ग्रहण बारे जानकारी नै नपाएको गुनासो गरेका छन्।

विधार्थी को असन्तुष्टि र विरोध 

साइप्रसमा विधार्थी स्थापना भए देखि नै कार्यसमिति मा अध्ययन भिसामा आएका  विधार्थी समावेश हुदै आएका छन्।  निर्वाचन देखि हरेक कार्यमा विधार्थीले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए। अधिकांस कार्यकालमा विधार्थी नै “भाइटल पोस्ट” मा रहेर संस्था सम्हालेको इतिहास छ।  तर यो पटक भने बिधान बमोजिम विधार्थी राख्न नमिल्ने भनिए पछि विधार्थीहरु रिसाए। कार्यसमिति मै रहेका पदाधिकारी पनि अध्ययन  भिसामा आएका विधार्थी हुन्।

विधान अनुसार राख्न नमिल्ने भए यो महाधिवेशन अघि कुन विधान मा  टेकेर विधार्थीलाई  राखियो भनेर प्रश्न उठाईएको छ भने यो निर्णय को विरोध पनि  भै रहेको छ। एनआरएन साइप्रस यो गुनासो सम्बोधन हुने गरि कुनै सुचना भने निकालेको छैन।

स्टुडेन्ट एड्भाइजरि काउन्सिल बनाउने प्रस्ताव माथि निवर्तमान कार्यसमितिले ध्यान नदिएको पनि विधार्थीहरुले आरोप लगाएका छन्।

केहि संघसंस्थाको असन्तुस्टि, केहिको शुभकामना 

साइप्रसमा स्थापित संघसंस्था मध्य नेपाली जनप्रगतिशील मंच साइप्रस अध्यक्ष रमिला राई, प्रवासी नेपाली मंच साइप्रसका अध्यक्ष चिन्तन बुढामगर , शेर्पा किदुग साइप्रसका  अध्यक्ष डिम दिकि शेर्पा, जागौं नेपाल प्रवास साइप्रसका अध्यक्ष सुशीला देवि चुडाल, चितवन सेवा समाज साइप्रसका अध्यक्ष कविता भण्डारी, किरात राई योयाख्या साइप्रसका अध्यक्ष सेर बहादुर राइ र पोखरा समाज साइप्रसका अध्यक्ष बिजेन्द्र गुरुङ द्वारा हस्ताक्षरित संयुक्त  प्रेस विज्ञप्ति मा एनआरएन को कुनैपनि गतिविधि तथा कार्यक्रमहरुमा सहकार्य सहमति र समन्वय गर्न नसक्ने बताउदै एनआरएन साइप्रस बाहिस्कार गर्ने बताएका छन्। 

त्यस्तै, तमु समाज साइप्रस, जनसम्पर्क समिति साइप्रस, सुदूरपश्चिमेली नेपाली समाज साइप्रस ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

जनसम्पर्क समिति साइप्रस को हस्ताक्षप

एनआरएन संग कुनै कार्यक्रममा सम्वन्य नगर्ने  जनसम्पर्क समितिले निर्वाचनका बेलामा मात्रै किन दखल दिन्छ भन्ने प्रश्न सामाजिक संजालमा देखिएको थियो।  “एनआरएन लाई कांग्रेसमय बनाउनु पर्छ ….. ” लेखिएका म्यासेन्जर च्याटको स्क्रिन सट  सामाजिक संजालमा लिक भए पछि साइप्रस को नेपाली समाज मा एक तरंग आयो ।

असामान्य दखल दिएको आरोप खेपेको जनसम्पर्क समितिको आन्तरिक छलफलमा भएको सो च्याटको स्क्रिन सटलाई केहिले आफ्नो स्वार्थ पुरा गर्न “क्यास” गर्ने मौकाको रुपमा देखे भने “कोहिले बगेको गंगामा हात धुने ” को रुपमा प्रयोग गरे।  फलस्वरूप, सामाजिक संजालमा आएका नकारात्मक प्रतिक्रिया ले जनसम्पर्क समिति प्रति  अन्य  संघसस्था र आम जनमानसमा भ्रम र असन्तुस्टी पैदा भयो।

अध्यक्षका प्रत्यासी कुन्दन कार्की, महासचिव राधा पोखरेल, उपाध्यक्ष राजन श्रेष्ठ र अन्य केहि सदस्यहरुलाई जनसम्पर्क समितिले प्यानल नै बनाएर पठाएको आरोप पनि लाग्यो।

विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति निकालेरै जनसम्पर्क समितिले एनआरएनए साइप्रसमा  हस्ताक्षप गरेको र  राजनीतिक दलको भातृ संगठन जसरी प्रयोग गरेको आरोप लगाई रहेका छन्।

नेपाली जनसम्पर्क समिति साइप्रसले भने आफ्नो संस्थाबाट कुनै सदस्यलाई पनि एनआरएनए साइप्रसमा नपठाएको बताएको छ।  समितिले सामाजिक संजालमा लिक भएको च्याटको “स्क्रिन सट ” बारे प्रतिक्रिया दिदै आन्तरिक छलफलको विषयलाई व्याक्ति विशेषले समाजमा भ्रम पैदा गर्ने नियतले गरेको बताएको छ।

आफ्नो संस्थाको कमि कमजोरी लुकाउन जनसम्पर्क समितिलाई दोष दिने नियत रहेको स्पस्ट देखिएको समितिले बताएको छ।

एनआरएन साइप्रस कहिले ताली कहिले गाली 

२०१९-२१ को कार्यसमितिले आफ्नो कार्यकाललाई केहि विवादित र धन्यवादको पात्र बन्न सफल भयो। सेफ हाउस संचालन गर्ने विषय होस् या कोरोना महामारीको लकडाउन मा राहत बाड्न ज्यानै जोखिममा राखेर हिडेका बेला होस्।

आमहत्या गर्ने नेपालीको लाश पठाउन सम्वान्य गर्ने विषय होस्  वा दुतावास कन्सुलेट, प्रहरी, अदालत, पुगेर कागजी प्रक्रिया पुरा गर्न होस्, लास व्यवस्थापन देखि आर्थिक सहयोग उठाउन, दुतावासलाई झकझक्याउन देखि म्यानपावर एजेन्सीलाई थर्काउन होस्  एनआरएन साइप्रसको भूमिका प्रशंसनीय छ सह्रानीय छ। स्थापित संघसस्था संग सम्वान्य मा गरेको सामाजिक कार्यलाई पनि भुलाउन सकिंदैन।

छाता संगठन को रुपमा यसले काम गरेर नेपाली समाज जोड्ने काम गरि रहंदा  आर्थिक पारदर्शिता  नहुदा भने एनआरएनए साइप्रसले  विवाद खेप्नु परेको छ। एनआरएनए ले आर्थिक हिसाब किताब सार्वजनिक गर्छ कि गर्दैन, कार्यभार हस्तान्तरण गर्ने प्रतीक्षामा पार्षद र संघसंस्था रहेका छन्।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।