संघसंस्था गतिविधिसाइप्रस न्युज

पार्बती रेश्मी मगर बचाऊ अभियान तिब्र ,सहयोग गर्न सबैमा अपिल

शेयर गर्नुहोस्

युरोप , साईप्रस, पाल्पा जिल्लाको माथागढि गाउपालिका स्थायि घर भई हाल रुपन्देही जिल्लाको चरगें बस्दै आउनुभएकी पार्बती रेश्मी मगरलाई बचाउनका लागि रुपन्देही समाज साईप्रसले सबैलाई अनुरोध गरेको छ ।

रुपन्देही समाज साईप्रसकी संयोजक जानु अधिकारी कार्कीका अनुसार समाजकै महासचिव खुम रेश्मी मगरको आफनै बहिनीको दुबै मृगौला फेल भएको र हाल रुपन्देहीको गौतम बुद्ध सामुदायिक अस्पतालमा उपचार गराउदै आउनुभएकी २४ बर्षिय पार्वतीको अवस्था अत्यन्त नाजुक रहेको भन्दै सहयोगका लागि अपिल गर्नुभएको हो ।

नेपालमा विरामी पार्बतीको परिवार अत्यन्तै गरिब रहेको र उपचार गराउन पैसा समेत नभएकोले आफु लगाएत ब्यक्तिगत वा सस्थागत रुपमा सबै साईप्रसबासी नेपाली समुदायहरुलाई सहयोगका लागि संयोजकले अपिल गर्नु भएको छ । समाजकी संयोजक कार्कीले दुख परेको बेला सबै नेपालीहरु एक भएर दुखि पिडितहरुलाई सहयोग गर्नु एक मानवताको धर्म भएकोले सहयोगका लागि याचना गर्नुभएको हो ।

सहयोगका लागि साईप्रसमा बसोबास गर्ने नेपालीहरुले पिडितका आफनै दाजु खुम रेश्मी मगरको ९६१२८७६८ नम्बर वा रुपन्देही समाज साईप्रसका कुनै पनि प्रतिनिधिहरुसगं भेटेर सहयोग दिन सक्ने कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार नेपाल बाहिर वा साईप्रसबाटै सिधै पिडितको मोबाईल न. ९८०४४६५८६६ मा फोन गरेर बैकं अफ काठमाडौको उहाको आफनै खाता २१५५०००००९०५५२४ न.मा जम्मा गर्न समेत अनुरोध गर्नु भएको छ ।

पैसा सहयोग गरिसके पछि भौचर सहित सहयोगीहरुले आफनो फोटो समेत रुपन्देही समाज साईप्रसमा पठाउन कार्कीले अनुरोध गर्नु भएको छ । सहयोग रकम हरेक तवारबाट पारदर्शी ढगंले पिडितको दाजुकै हाथबाट पठाईने छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *