देश विदेशमहत्वपूर्ण जानकारी

अब म्यानपावर मार्फत कोरोना विरुद्ध खोपको Qr Coad सहितको प्रमाणपत्र पाउने

शेयर गर्नुहोस्

वैदेशिक रोजगारमा जाने श्रमिकहरुले अबदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावर कम्पनीमार्फत् नै पाउने भएका छन् । शुक्रबार वैदेशिक रोजगार विभागले सो को बारे सूचनामार्फत जानकारी गराएको हो ।

कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएर संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले सम्बन्धित इजाजतपत्रवाला म्यानपावरबाटै अनलाइन फारम भरी क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क लिन पाउने व्यवस्था गराउन विभागले अनुरोध गरेको छ ।

साथै, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको कोभिड–१९ खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np मा भरी सोही लिङ्कमार्फत क्यूआर कोडसहित प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएकाले सो अनुसार गर्न गराउन हुन सबै इजजातपत्रवालालाई सूचित गरेको छ ।

त्यसैगरी, व्यक्तिगत श्रम स्विकृति लिनेले उक्त वेभसाइडमा गएर आफैँले भर्न सक्ने छन् । यदि कठिनाई भएमा नजिकमा रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिन सक्ने छन् ।

त्यस्तै, आफ्नो आवेदनको प्रमाणपत्र हेर्न तथा प्रमाणपत्र डाउनलोड गर्न https://vaccine.mohp.gov.np/search मा गएर हेर्न सकिन्छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलमा उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो ।

यसअघि वैदेशिक रोजगारीमा जाने युवाहरु अव्यवस्थित र झन्झटिलो प्रणालीका कारण खोप प्रमाणपत्र लिन घण्टौँ लाइन कुर्नुपर्ने बाध्यता थियो । जसले गर्दा कतिपयको विदेश जाने टिकटसमेत क्यान्सिल गर्नुपर्ने वाध्यताले आर्थिक भार थपिने गरेको थियो ।

यो समाचार पनि पढ्नुहोस् : नेपालमा अब MRP पासपोर्ट बन्द हुदै, २०२२ देखि ई–पासपोर्ट संगै राष्ट्रिय परिचयपत्र अनिवार्य

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।