१७ अगस्ट २०२१/ लिमासोल
साइप्रसमा गर्मि को छुट्टी सुरु भए संगै चोरी को घटना बढेको प्रहरीले जनाएको छ। पापोस र लिमासोल मा “समर होलिडे ” सुरु हुना साथ चोरी भएको घटना को अनुसन्धान सुरु भएको छ।
पापोस जिल्लामा पर्ने पोली क्राइसोचुस स्थित आइया मारिनामा गत आइतबार १५ तारिख ५५ वर्षिया महिला को घरमा चोरी भएको छ। महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनको घरको सेफ बाट बाउन्न हजार नौ सय युरो बराबर को गरगहना र पाँच हजार युरो नगद चोरी भएको हो।
घटनास्थल मा पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक जानकारी अनुसार चोर हरु बालकोनि को ढोका खोलेर महिलाको घरमा पसेका थिए।
त्यस्तै, लिमासोल को आइयो स्पाइरिडोना मा पनि हिजो सोमबार एक घर मा चोरी भएको छ। ६२ वर्षीय महिला को घर मा चालिस हजार युरो नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ।
महिलाका अनुसार सोमबार बिहान करिब १० बजे किचन को झ्याल फोडेर चोर पसेका थिए।
अगस्ट १५ देखि महिनाको अन्तिम सम्म समर होलिडे को रुपमा छुट्टी हुने गर्दछ। यो समाचार आज को साइप्रसमेलमा खबर छ।
One thought on ““समर होलिडे ” सुरु हुना साथ चोरी को घटना बढ्यो, प्रहरी सक्रिय”
Comments are closed.